arrow

आणविक युद्धबाट बच्न बनाइएको बंकरमा बन्यो २ अर्बको घर

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
bankar.jpg

काठमाडौं । अमेरिकाको लस भेगासमा एक बंकरलाई घरको रुपमा परिणत गरिएको छ । १४ हजार ६ सय २० वर्गफिटमा फैलिएको उक्त घरको मूल्य १ करोड ८० लाख डलर (२ अर्ब ४ करोड) तोकिएको छ । यसमा स्विमिङ पुलसहितको धेरै सुविधाहरु छन् । मानिसहरुले यो घरलाई निकै अनौठो घरको संज्ञा दिएका छन् । यो घरमा लगानी गर्नेमा बर्कशायर हाथवे पनि एक हो । यो घरमा ५ बेडरुम र ६ वाथरुम छन् । यो घरको पर्खाल र छतमा रङरोगन र जमिनमा घाँस बिछ्याइएको छ ।

अहिले यो बंकरको मालिक हक मार्क वोल्कर र उनका साथीहरु छन् । मार्क सोसाइटी फर प्रिजर्वेशन अफ नियर एक्सटिन्ट स्पेसिजका अध्यक्ष हुन् । यो संस्थाले नाशिएका सम्पत्तिको संरक्षण गर्दै आएको छ ।

बंकरभित्र नक्कली रुख पनि लगाइएको छ । तल जानका लागि दुई लिफ्टको प्रयोग गरिएको छ । सुरक्षा र इन्टरकम प्रणालीको पनि प्रयोग गरिएको छ । बंकरभित्रका मानिसलाई पनि दिनरातको महशुस हुने गरी उज्यालोको प्रयोग गरिएको छ ।

जमिनभन्दा २६ फिट तल रहेको यो बंकर परमाणु युद्धको समयमा बच्नका लागि निर्माण गरिएको थियो । यो बंकर सन् १९७० मा आन्त्रप्रेन्योर निरार्डले बनाएका थिए । उनलाई अमेरिका र रुसबीच चलेको शीतयुद्धले सबै नष्ट गर्ने डर थियो । हेन्डरसनले एक कम्पनी अन्डरग्राउण्ड वल्र्ड होम पनि बनाएका थिए ।  १९६४ मा न्युयोर्क वल्र्ड फेयरमा जमिनमुनि के भइरहेको छ भन्ने कुरा सार्वजनिक गर्ने प्रयास भएको थियो ।

हेन्डरसन पनि अहिलेकै अवधारणाअनुसार घर बनाउने सोचमा थिए तर सन् १९८३ मा उनको आफ्नै अन्डरग्राउन्डमा ज्यान गएको थियो । उनले पत्नी जमिनभन्दा मुनि बस्न चाहँदैनथिन्, त्यसैले उनले जमिनमा सामान्य घर बनाएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ