arrow

भारत, चीन र रुसको १६औँ विदेश मन्त्री बैठक फेब्रुअरी २७ मा

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन ८ बुधबार
india-china-russia-ministers.jpg

बेइजिङ। रणनीतिक महत्व राख्ने विश्वका तीन प्रभावशाली देश भारत, चीन र रुसका विदेश मन्त्रीहरुको बैठक चीनमा हुने भएको छ। यही फेब्रुअरी २७ तारिखका दिन तीन देशका विदेश मन्त्रीहरुको १६औँ बैठक गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक हुने तय भएकै दिन तीन देशका विदेश मन्त्रीहरुको बैठक हुन लागेको हो।

अमेरिका र उत्तर कोरियाका शीर्ष नेताहरुको बहुप्रतिक्षीत दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोइमा हुने तय भइसकेको छ। तीन देशका विदेश मन्त्रीहरुको बैठक चीनको छज्याङ प्रदेशको वुछेनमा आयोजना गर्ने निर्णय भएको चीन सरकारका एक जना प्रवक्ताले जानकारी दिएका छन्।

चीनका विदेश मन्त्री वाङ यीले बैठकको अध्यक्षता गर्नुहुने भएको छ। बैठकमा रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभ र भारतका विदेश मन्त्री सुष्मा स्वराजले सहभागीता जनाउने निश्चित भइसकेको अधिकारीहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ