- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा इंगलिश प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले १० जनामा समेटिए पनि जित हात पार्न सफल भएको छ ।
सिटीले जर्मन क्लब साल्केलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो ।
सर्जियो अगुएरोले १८ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
३८ औं मिनेटमा नबिल बेन्टेलेबले पेनाल्टीद्धारा गोल गर्दै साल्केलाई बराबरीमा ल्याए ।
४५ औं मिनेटमा फेरि पाएको पेनाल्टीलाई बेन्टेलेबले गोल गर्दै साल्केलाई २–१ को अग्रतामा पुर्याए ।
६८ औं मिनेटमा निकोलस अटामेन्टीले डबल यलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० जनामा सीमित भयो ।
२–१ ले पछि परेको अवस्थामा १० जनामा सीमित भएपछि सिटीको खेलमा फर्किने सम्भावना कम थियो । तर अप्रत्यासित प्रदर्शन गर्दै सिटीले त्यसपछि लगातार दुई गोल गर्यो ।
८५ औं मिनेटमा लरोए सानेले गोल गर्दै बराबरीमा ल्याए । इन्जुरी समयमा रहिम स्टर्लिङले गोल गर्दै सिटीको उद्धार गरे ।