arrow

भीषण आगलागीमा परी कम्तिमा ६० जनाको मृत्यु

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
fire3.jpg

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

चौकबजारमा आगलागी हुँदा पुरानो वस्ती नै सखाप भएको छ । दर्जनौं घर जलेर खरानी भएका छन् । 

Fire blaze in Dhaka

आगलागीमा परी तीन दर्जन भन्दा बढी गम्भीर घाइते भएको जनाइएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकलाई  उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

बुधबार रातिबाट लागेको आगो निभाउने प्रयास बिहीबार बिहानसम्म पनि जारी थियो । आगलागी भएको क्षेत्रमा रसायनको गोदाम पनि थियो ।

आगो सिडिन्डरबाट सल्केको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

अति ब्यस्त सडक हुने स्थान भएकाले गम्भीर घाइतेहरुको उद्दारमा समस्या भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ