arrow

सियोल शान्ति पुरस्कार लिन मोदी  पुगे कोरियामा, लोकसभा चुनावअघिको सम्भवतः अन्तिम विदेश भ्रमण 

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
modi-korea.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने दक्षिण कोरिया भ्रमणमा रहेका छन् । बिहीबार बिहान सियोल पुगेका मोदी राष्ट्रपति मुन जे इनसंग विशेष रणनीतिक साझेदारी गर्नका लागि कोरिया पुगेका हुन् । उनले मुनसंग छलफल गर्नेछन् । 

मोदीलाई सियोल शान्ति पुरस्कारबाट पनि सम्मानित गरिने छ । सन् १९८८ मा सियोल ओलम्पिकको सफल आयोजनापछि यो पुरस्कार दिन थालिएको हो । 

मोदी यो सम्मान लिने १४ औं ब्यक्ति हुन् । मोदीले इन्डिया–कोरिया बिजनेस सिम्पोजियममा पनि सम्बोधन गर्दैछन् । 

लोकसभा चुनावभन्दा अगाडि मोदीको यो अन्तिम विदेश भ्रमण हुन सक्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

कोरिया भ्रमणपछि मोदी भुटान जान सक्ने सम्भावना भने औंल्याइएको छ । 

मोदीले कोरियामा रहेका भारतीय समुदायसंग पनि छलफल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ