arrow

सर्वियाली प्रधानमन्त्री ब्रानाबिककी समलैंगिक साथीबाट बच्चा

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
ana-brnabic.jpg

काठमाडौं । सर्वियाकी प्रधानमन्त्री एना ब्रानाबिककी समलैंगिक साथीले बच्चालाई जन्म दिएकी छिन् । सर्वियन प्रधानमन्त्री कार्यालयले यो विश्व नेताको पहिलो घटना भएको उल्लेख गरेको छ । 

कार्यालयको सन्देशमा आमा मिलिका जुर्डिक र बच्चाको स्वास्थ्य राम्रो छ । बच्चाको नाम इगोर राखिएको छ । 

४३ वर्षे समलिंगी प्रधानमन्त्री एना सन् २०१७ को जुनमा प्रधानमन्त्री बनेकी थिइन् जुन विश्वकै पहिलो घटना थियो । 

सर्वियामा समलिंगी विवाहलाई मान्यता दिइँदैन । विश्वकै समलिंगीहरुको यो पहिलो बच्चा भएको समेत बताइएको छ । 

जबकी समलिंगीले बच्चा एडप्ट गर्न समेत पाउँदैनन् । 

जुर्डिक चिकित्सक हुन् । उनी कृत्रिम माध्यमबाट गर्भवती भएकी थिइन् । 

सर्र्विया सामाजिक रुपले नै रुढीवादी देश भए पनि प्रधानमन्त्रीले उठाएको कदमप्रति कसैले केही भन्न सकिरहेका छैनन् । 

सर्वियाको संविधानले पनि समलिंगी विवाहलाई मान्यता दिएको छैन । विवाह भन्न वित्तिकै महिला र पुरुषबीच नै भन्ने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ