arrow

पाकिस्तानसंग क्रिकेटसहित सबै खेलको नाता तोड्न गांगुलीको माग 

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
saurav-ganguly.jpg

काठमाडौं । जम्मू कश्मीरको पुलवामा भएको आतंकवादी आक्रमणपछि भारतीयहरु पाकिस्तानप्रति आक्रामक हुने क्रम बढ्दो छ । 

यो आक्रमणको असर खेल क्षेत्रमा पनि पर्ने निश्चित देखिएको छ । भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले पाकिस्तानसंग क्रिकेटसंगै सबै खेलको नाता तोड्न माग गरेका छन् । 

उक्त हमलामा ४० सुरक्षाकर्मीको मृत्यु भएपछि क्रिकेटरहरु पनि आक्रामक भएका हुन् । 

पूर्व सहकर्मी हरभजन सिंहको समर्थन गर्दै गांगुलीले विश्वकपको एक खेल पाकिस्तान विरुद्ध नखेल्दैमा भारतको सम्भावनामा असर नपर्ने दावी गरेका छन् । 

गांगुलीले पाकिस्तान विरुद्ध समूह चरणमा वा सेमिफाइनल अथवा फाइनलमा नखेल्दा पनि फरक नपर्ने भनी उल्लेख नगरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

इन्डिया टिभीसंगको अन्तर्वार्ताका क्रममा गांगुलीले, ‘यो १० टिमको विश्वकप हो र प्रत्येक टीम आपसमा खेल्छ र मलाई लाग्दैन कि भारत विश्वकपमा एक खेल नखेल्दैमा कुनै मुद्दा बन्छ । 

गांगुलीले भने, ‘आइसीसीलाई भारतलाई छाडेर विश्वकपमा जान निकै मुस्किल हुन्छ ।’ भारतसंग आइसीलाई यस्तो चिज गर्न रोक्ने तागत भएको सन्देश दिन जरुरी रहेको समेत गांगुलीले बताएका छन् । 

गांगुलीले भारतले पाकिस्तानसंग सबै सम्बन्ध तोड्नु नै उपयुक्त भएको बताएका छन् । 

उनले भारत र पाकिस्तानबीच क्रिकेट खेल्ने सम्भावना हुँदै नभएको बताएका छन् । उनले पुलवा घटनापछि पाकिस्तानसंग सबै खेल सम्बन्ध तोड्नु नै उपयुक्त हुने बताए । 

पुलवामा आतंकवादी हमलापछि नागुिर स्टेडियमबाट पूर्व पाकिस्तानी क्रिकेटरहरुको तस्वीर पनि हटाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ