arrow

छुटकारा पाउन पाकिस्तानी पतिले पत्नीलाई धकेल्यो भारतीय सीमामा, बीएसएफले गोली हान्यो 

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
bullet-india-pakistan.jpg

काठमाडौं । पाकिस्तानी एक पतिले आफ्नी पत्नीसंगको सम्बन्ध तोड्न खोज्दा पत्नीले धन्यै ज्यान गुमाउन पुगिन् । जम्मू कश्मीरके पुलवामा भएको आतंकवादी हमलापछि आएको भारत पाकिस्तानबीचको दरारको फाइदा उठाउँदै पाकिस्तानी पतिले पत्नीबाट छुटकारा पाउने नयाँ शूत्र निकालेको हो । 

पाकिस्तानी रेन्जर्ससंग मिलेर उसले पत्नीलाई बोर्डर पार गराएको थियो । बुधबार सीमा पार गर्नासाथ बीएसएफले गोली हानेको थियो । 

अँध्यारोमा उक्त घटना भएको थियो । जब उज्यालोमा देखियो तब महिला गम्भीर घाइते भएपछि अस्पताल लगिएको थियो । 

उक्त महिलालाई जासूसी गर्नका लागि खटाइएको पनि हुन सक्ने सम्भावना रहेको भन्दै डीआइजी राजेश शर्माले अनुसन्धान जारी रहेको बताएका छन् । 

महिलाको मानसिक सन्तुलन ठीक भएको बताइएको छ । उनको साथबाट एउटा फुटेको मोबाइलसमेत फेला परेको छ । 

उपचारपछि महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरिने जनाइएको छ । बटालियन १० को नियन्त्रणमा आउने सीमा नजिक महिला भारतीय सीमा क्षेत्रमा घुसेकी थिइन् । 

३२ वर्षकी घाइते गुलसनका अनुसार उनी पाकिस्तानी आर्मी क्याम्पबाट आएकी थिइन् । ताजपुरामा रहने गुलसनसंग उनका पतिको दैनिक घरझगडा हुने गर्दथ्यो । 

पतिले पाकिस्तानी जवानसंग मिलेर उक्त घटना गराएको पनि बुझिन आएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । तीन दिन पहिले ती महिलालाई पतिले पाकिस्तानी जवानसंगै छाडेर गएको बुझिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ