arrow

विद्यालयलाई एकै व्यक्तिले दिए १५ लाख

logo
कौरव खत्री,
प्रकाशित २०७५ फागुन ९ बिहिबार
dhaleshor.jpg

गुल्मी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि एकै व्यक्तिले १५ लाख सहयोग गरेका छन् । मुसिकोट नगरपालिका १ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार डालेश्वर भूषालले विद्यालयको लागि जग्गा सहित १५ लाख १ हजार १ रुपैयाँ सहयोग प्रदान गरेका हुन ।

विद्यालयमा फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ  शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञको सातौ दिनका अवसरमा उक्क्त रकम दिएको विद्यालयका प्रधानाध्यापक  इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पुर्‍याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ  सञ्चालन भइरहेको छ ।

महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराज श्रीले कथा प्रवचन सहित झाँकी भजन किर्तन समेत प्रस्तुत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ