काठमाडौं । आईसीसी विश्वकप टी–२० क्रिकेट छनोटको एसिया क्षेत्र प्रतियोगितामा दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोली थाईल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको छ ।
नेपाल ५७ रनले पराजित भएको हो । १ सय २६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर मात्र ६७ रन मात्र बनाउन सक्यो ।
ईन्दु बर्माले ४४ बलमा १ चौका प्रहार गर्दै सर्वाधिक २९ रन बनाइन् । त्यसअघि बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।
नेपालका लागि नेरी थापाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता कुवँरले ४ ओभरमा २८ रन खचेर २ विकेट लिदा करुणा भण्डारी र कप्तान रुविना क्षेत्री वेलवसेले समान १ विकेट हात पारे ।
पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरेको थियो ।