arrow

टाइम्स मेगा पोल : लोकसभा चुनाव २०१९ मा मोदी सरकारलाई 'डिस्टिङ्सन'

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
modi-7591.jpeg

नयाँ दिल्ली । भारतमा लोकसभा चुनावको बिगुल केही दिनमा नै बज्नेवाला नै छ । चुनावको मिति नजिकिँदै गर्दा आगामी चुनावमा कसको जीत हुन्छ ? भन्ने सवालमा धेरै मानिसलाई चासो र चिन्ता बढ्न थालेको छ । पक्ष र विपक्षबीच तीब्र घोचपेच र आरोप प्रत्यारोप चलिरहेको बेलामा नवभारत टाईम्सले भने उसको एउटा मेगा पोलमा भाजपाले फेरि चुनाव जित्ने दाबी गरेको छ । फेब्रुअरीको सुरुदेखि नै हरेक दिन आफ्नो अनलाईन मार्फत् नमुना भोटिङ गराउँदै आएको संस्थाले विभिन्न शीर्षकहरुमा सत्ता पक्ष र विपक्षको मत संकलन गरेको थियो । 

यो पोल नवभारत टाइम्सका पाठकहरुमा मात्रै गरिएको छ । तर, यसले नवभारत टाईम्स नपढ्ने कैंयौं जनताभने यो पोलमा सहभागी भएका छैनन् । भारतमा निरक्षर मतदाता समेत धेरै रहेकोले यही पोललाई नै पूर्ण रुपमा विश्वास गर्न सकिन्छ भन्ने त हुँदैन । यद्यपि यसले धेरै शहरी भेग र साक्षर व्यक्तिहरुको धारणालाई भने प्रतिनिधित्व गरेको छ । 

सो अनलाई पोलमा भाग लिने ४० प्रतिशत मानिसले आगामी लोकसभा चुनावमा रोजगारी सबैभन्दा ठूलो मुद्दा हुने बताएका छन् । सरकारको सबैभन्दा ठूलो विफलता भनेको अयोध्यामा रहेको राम मन्दिर निर्माणमा कुनैपनि ठोस प्रगति नहुनुलाई मानिएको छ । 

आनलाईनका अनुसार पोलमा सहभागी भएका ८३ प्रतिशत मानिसले फेरि पनि मोदी सरकारलाई दोहो¥यााउन चाहेको उल्लेृख गरेका छन् । पोलमा अनलाईनले चुनावमा सबैभन्दा ठूलो मुद्दा के हुनसक्छ भनिएको थियो । यसको जवाफमा रोजगारी र त्यसपछि किसानको संकटलाई चुनावी मुद्दा बनाउनु पर्ने तर्क धेरै मानिसको छ । यसमध्ये २१ प्रतिशत भन्दा बढी मानिसले किसानको मुद्दालाई चुनावी एजेण्डा बनाउन सुझाव दिएका छन् । केहील राम मन्दिरलाई पनि मुद्दा मानेका छन् । २३ प्रतिशत मानिसले भने चुनावी मुद्दा अरु नै केही हुनुपर्ने बताएका छन् । 

लोकसभा चुनावमा मोदी सरकारलाई राम मन्दिर र रोजगारीको दुबै मुद्दाको सामना गर्नुपर्ने देखिन्छ । पोलमा मानिसहरुले मन्दिरको मुद्दालाई त्यति ठूलो मुद्दा नमानेको भएपनि यो सरकारको विफलता भने अवश्य पनि हो । टाईम्सका अनुसार सो पोलमा ५ लाख भन्दा धेरै मानिसले सहभागिता जनाएका छन् । जस मध्ये ५९ दशमलव ५ प्रतिशत मानिसले मोदी सरकारको कार्यकाललाई एकदमै राम्रो भनेका छन् । पोलमा ८३ दशमलव ३५ प्रतिशत मानिसले फेरि पनि नरेन्द्र मोदीलाई फेरि प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएका छन् । 

सो पोलमा हिस्सा लिने मध्ये ६३ प्रतिशतले राहुलको लोकप्रियता अझै पनि बढीनसकेको बताएका थिए । मोदी सरकार विरुद्ध अल्पसंख्यक मानिसको मुद्दा पनि चर्को रुपमा आउने बताईएको थियो । तर, ६५ प्रतिशत मानिसले मोदी सरकार हुँदा अल्प संख्यकहरुले असुरक्षित महसुस गर्नु नपरेको बताएका छन् । ७४ प्रतिशत मानिसका अनुसार २०१९ को यो चुनावमा राफेल विवादले एनडीएलाई कुनै नोकसान हुने छैन । 

समग्रमा भन्दा यो पोलले समग्र भारतीयलाई समेट्न नसकेकोले यस्ता पोल केवल आधारभूत मूल्यांकनको माध्यम मात्रै हुन् । यसको आधारमा चुनावको मत परिणामको भविष्यवाणी भने गर्नसक्ने अवस्था छैन । भारतमा ५० करोड मानिसले इन्टरनेटको प्रयोग गर्ने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ