arrow

२५ प्रतिशत छुट पाएसँगै महिलाका नाममा जग्गा लिने बढे

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
lalpurja_jagga.jpg.jpeg

काठमाडौँ ।मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयका लेखा शाखाका नायबसुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको सङ्ख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रावधान छ ।

आर्थिक वर्ष २०७४-७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या तीन हजार ९४७, दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ११ र वृद्धवृद्धाको नाममा जग्गा पास गर्ने सात थियो । कार्यालयमा जग्गा नामसारी गरी प्राप्त भएबापत महिलाले रु तीन करोड १६ लाख ७७३ राजश्व छुट पाएका छन् । त्यस्तै दलितका नाममा जग्गा पास गरेबापत रु ६१ हजार ५५४ राजश्व छुट पाएको लेखा अधिकृत विजयप्रकाश गिरीले बताए ।

आव २०७४-७५ को हालसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या एक हजार ७८५ कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबापत महिलाले तीन हजार ९४७ राजश्व छुट पाएका छन् । त्यस्तै कार्यालयमा आव २०७५-७६ मा अपाङ्गको नाममा जग्गा लिनेको सङ्ख्या छ पुगेको छ । छुटवापतको रकम रु ३५ हजार १५४ रहेको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ