arrow

भारतमा अर्को ठूलो आतंककारी हमलाको सूचना, भारतीय सेना हाई अलर्टमा

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
punawama_accident.JPG

नयाँ दिल्ली। भारत विरुद्ध अर्को ठूलो आतंकबादी हमलाको सूचना पछि भारतीय सेना अहिले हाई अलर्टमा बसेको छ । केही दिन अघि ४० जना भारतीयको ज्यान लिने गरी गरिएको हमलाबाट उत्साहित आतंकवादी संगठन जैश-ए-मोहम्मदले देशको अन्य विभिन्न स्थानमा समेत आतंककारी हमला गर्न लागेको सूचना पाएपछि भारतीय सेना हाई अलर्टमा रहेको समाचार भारतको नवभारत टाईम्सले जनाएको छ । भारतको खुफिया एजेन्सीले यस्तो खुलासा गरेको हो । 

गत फेब्रुअरी १६ र १७ मा सो आतंकवादी संगठन भित्र यस्तो बातचित भएको सूचना खुफिया एजेन्सीले दिएको छ । जैश आतंककारी पुलवामाको भन्दा ठूलो हमला गरी त्यो भन्दा धेरै सैनिक मार्ने तयारीमा जुटेको छ । बुधवार टाइम्स अफ इन्डियासँगको कुराकानीको क्रममा एक अधिकारीले भनेका छन् कि अलग(अलग ठाउँबाट प्राप्त जानकारी अनुसार जम्बु काश्मिर भन्दा बाहिर अन्य कुनै ठाउँमा पहिलेको भन्दा ठूलो हमला गर्ने तयारी भईरहेको छ । 

भारतीय सैनिक क्याम्पमा भएको हमलाको केही दिनपछि सोमबार १८ घण्टासम्म दक्षिण कश्मीरको पुलवामा जिल्लाको पिङ्गला क्षेत्रमा आतंकवादी र सुरक्षाबलबीच मुठभेड भएको थियो । सोही क्षेत्रमा दुई ३ आत‌ंककारी लुकेको आशंका भारतीय सुरक्षाकर्मीले गरेको थियो । सुरक्षाबलद्वारा १८ घण्टासम्म आतंकवादीमाथि गोलाबारी भईरहेको छ । सुरक्षा निकायले वरपर सबै तर्फ घेरा हालेर आक्रमण सुरु गरेको थियो । 

१४ फेब्रुअरी यानी गुरुवार पुलवामा जिल्लामा सीआरपीएफको सुरक्षा दस्तामा आतंककारी हमला भएको थियो । यस हमलामा सीआरपीएफका ४० जवानको ज्यान गएको थियो । पुलवामामा सीआरपीएफको काफिलमा भएको आक्रमणलाई लिएर पूरा देश आक्रोशित छ । पुलवामा हमलापछि केन्द्र सरकार समेत एक्सनमा उत्रिएको छ । 

सो हमलापछि देशभर पैदा भएको आक्रोशलाई मध्यनजर गर्दै सरकारले अलगाववादी नेताहरुलाई दिइएको सुरक्षा समेत फिर्ता लिईएको छ । जसमा अल पार्टीज हुर्रियत कन्फ्रेन्सका अध्यक्ष मिरवाइज उमर फारूक, शब्बीर शाह, हाशिम कुरेशी, बिलाल लोन, फजल हक कुरेशी तथा अब्दुल गनी बट छन् । अधिकारीहरुले आइतबार बताएका छन् कि यी ६ तथा यसपछि अलगाववादीहरुलाई अब कहिलै पनि सुरक्षा कवच नदिने निर्णय समेत गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ