arrow

पञ्चासे केबलकार निर्माण चरणमा

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
cablecar.jpg

काठमाडौँ । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ ।

पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले आज यहाँ पत्रकार सम्मेलन गरी पोखरादेखि पर्वतसम्मको सो दूरीको केबलकारको सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको जानकारी गराएको छ ।

पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सो केबलकार रु ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको हो । उक्त केबलकार नेपालकै सबैभन्दा ठूलो र लामो हुने कम्पनीले जनाएको छ ।

‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर’ केबलकार निर्माणका लागि सरकारसँग करीब तीन हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भइसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। निजी–साझेदारी सहकार्यमा निर्माण गरिने सो केबलकार नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्ने विश्वास गरिएको छ । उक्त केबलकार निजी, सामुदायिक र जनसहभागितामा निर्माण गरिनेछ ।

उक्त परियोजनाका लागि लाग्ने लागतका लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागिताबाट जुटाउने अध्यक्ष शर्माको भनाइ छ । उक्त परियोजनाले दश हजार नेपालीलाई रोजगारी प्रदान गर्ने निर्माण कम्पनीको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ