arrow

सब इन्जिनियर बजगाइ काण्ड बदनाम गराउने काम भन्दै ब्यबसायीले निकाले विज्ञप्ति

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन ९ बिहिबार
hils.jpg

कञ्चनपुर ।  जिल्लाको दक्षिणी क्षेत्रको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाइ निर्माण ब्यबसायीसंग घुस लिदै गर्दा अख्तियारद्वारा पक्राउ गरिएको घटनाका बारे सम्बन्धित ठेकेदार कम्पनीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै बदनाम गराउने कार्य भएको भन्दै भत्सर्ना गरेको छ ।
 
बेलौरी नगरपालिका द्वारा वडा नम्बर ४ र ६ को सिमानामा कल्भर्ट निर्माणको जिम्मा पाएको हिल्स निर्माण सेवाबाट सब इन्जिनियर बजगाइले घुस लिदै गरेको अबस्थामा पक्राउको घटना गलत सुचनाको आधारमा अख्तियारले पक्राउ गरि आफ्नो समेत बदनाम गराउन खोजिएको प्रति भर्त्सना गर्दै हिल्स निर्माण सेवाका सञ्चालक सुभमसिंह रावलले बिहिबार विज्ञप्ति जारी गरेका छन् ।

फागुन ५ गते कार्यालयमै सब इन्जिनियर बजगाइले सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताएका थिए । तर सो कुरा सत्य नभएको निर्माण ब्यबसायी रावलले बताएका छन् । आफ्नो निर्माण कम्पनीद्वारा निर्माण गरिएको आयोजनामा आफुले कसैलाई घुस नदिएको तर सो घटनामा म र मेरो निर्माण कम्पनीलाई बदनाम गराउने काम भएको ब्यबसायी रावलले बताए ।

सब इन्जिनियर बजगाइलाई कार्यालय कक्षमा घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको भन्ने हल्लामा आफ्नो निर्माण कम्पनीको बदनाम गराउन खोजिएको  भन्दै  बिहिवार रावलले विज्ञप्ति जारी गरेका छन् । बेलौरी नगरपालिकाले निकालेको ठेक्का नम्बर BEL/MUN ०७४/०७५/०९ प्राप्त ठेक्का को ०७५ माघ ३ गतेनै फरफारक भइ अन्तिम बिल भुक्तानी भइ सकेको योजनामा बजगाइले फागुन ५ गते कसरी घुस लिए यो केवल बदनाम गराउने कार्य भएको ठेकेदार रावलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ