arrow

सांसद ओलीको निधन

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
uttarkumar-oli.JPG

काठमाडौं । गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको उपचारकै क्रममा निधन भएको छ । 

ओलीको शुक्रबार बिहान राजधानीको मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद ओली सवार कार दाङको घोराही –३ चिसापानी नजिकै बससंग ठोक्किएको थियो । 

दाङको दंगिशरण गाउँपालिका ६, लेटारका सांसद ओली गत वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन नेकपा एमाले (हाल नेपाल कम्युनिष्ट पार्टी नेकपा) को तर्फबाट दाङबाट विजयी भएका थिए । 

उनको शव श्रद्धाञ्जलीका लागि नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा राख्ने तयारी रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ