arrow

पुलवामा काण्डपछि पाकिस्तान दवावमा, दुई उग्रवादी संगठनमाथि प्रतिबन्ध

मत्थर होला त भारतीयको आक्रोश ? 

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
imran-khan-PM.jpg

काठमाडौं । जम्मू–कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी आक्रमणपछि पाकिस्तान दवावमा आएको छ । ४० सुरक्षाकर्मीको आत्मघाती आक्रमणमा ज्यान गएपछि भारत आक्रामक बन्दा पाकिस्तान पछाडि हटेको हो । 

पाकिस्तानले चरमपन्थी नेता हाफिज सइदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी गृह मन्त्रालयले जमात–अल–दावा निकट संगठन फलाह–ए–इन्सानियतमाथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । 

पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकमा पुलवामा घटनाको समीक्षा भएको र बैठकले जमाल–उद–दावा र फलाह–ए–इन्सानियतमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बोलाएको राष्ट्रिय सुरक्षा समितिको बैठकले पुलवामा आक्रमण काण्डमा पाकिस्तानको कुनै भूमिका नभएको निष्कर्ष समेत निकालेको छ । 

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले पुलवामा आक्रमणको निष्पक्ष छानबिन गर्नुपर्ने समेत उल्लेख गरेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनापछि सबै भारतीयहरु एक हुनुपर्ने बेला आएको भन्दै राष्ट्रका नाममा अपील गरेका थिए । 

यो घटनापछि भारत र पाकिस्तानबीच कुनै पनि सम्बन्ध राख्न नहुने दवाव जनस्तरबाटै उठ्दै आएको छ । 

पाकिस्तानी पूर्व क्रिकेट कप्तान रहिसकेका प्रधानमन्त्री खानले भने आफू प्रधानमन्त्री हुनासाथ भारतसंग वार्ताका लागि आव्हान गरेका थिए । 

उनको सपथ ग्रहण कार्यक्रममा केही भारतीय नेताहरु समेत पाकिस्तान पुगेका थिए । 

यसपटक पाकिस्तानभित्र रहेर आतंक मच्याइरहेको समूहमाथि प्रतिवन्ध लगाइएपछि भारतीयहरुको रीस मत्थर होला त ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ