arrow

भारतले पाकिस्तान जाने तीन नदीको पानी नै रोक्यो

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
India-pakistan.jpeg

काठमाडौं । जम्मू कश्मीरको पुलवामामा पाकिस्तानी आतंकवादी समूहले आक्रमण गरी भारतीय सुरक्षाकर्मी मारेपछि आक्रामक बनेको भारतले पाकिस्तानमाथि कठोर नीति लिएको छ । 

भारतले पाकिस्तान जाने तीन नदीको पानी नै रोकिदिने फैसला गरेको छ । भारत र पाकिस्तानबीच सन् १९६० को १९ सेप्टेम्बरमा सिन्धु जल सम्झौता भएको थियो । 

सो सम्झौता अनुसार झेलम, चिनाब तथा सिन्धु नदीको पानीमा पाकिस्तानको हक लाग्ने गर्छ । 

तर भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले बिहीबार बाँध बनाएर तीन नदीको पानी रोक्ने बताए । 

यसरी रोकिएको पानी जम्मू–कश्मी र पंजाबमा फर्काउने कार्यक्रम रहेको बताइएको छ । 

भारतको यो तेस्रो कडा फैसला हो । यसअघि भारतले पाकिस्तानका मोष्ट फबर्ड नेशनको दर्जा खोसेको थियो । 

त्यसैगरी भारतले पाकिस्तानबाट आउने सामानमा २०० प्रतिशत बढाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ