arrow

भेनेजुएला राजनीतिः ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
venezuela-cricis.jpg

काठमाडौं । पछिल्लो समय भेनेजुएलाको राजनीतिले विश्वभर प्रभाव पार्दै गएको छ । गोरु बेचेको साइनोसमेत नभएको नेपालको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले त राजनीतिक रुप दिएर अमेरिकालाई हस्तक्षेप नगर्न चेतावनी दिएको थियो भने अन्य देशहरुले पनि आफ्नो तर्फबाट आफू सुहाउँदो भूमिका खेलिरहेका छन् । 

Opposition supporters scuffle with national guardsmen near Mariara, 21 February

भेनेजुएलामा सत्ताधारी र प्रतिपक्षीको आ–आफ्नो राजनीतिलाई विश्वका राष्ट्रहरुले पनि समर्थन र विरोध गरिरहेका छन् । तर वर्तमान राष्ट्रपति निकोलस मडुरो भने थप आक्रामक बनेका छन् । 

उनले ब्राजिलसँगको सीमा बन्द गर्ने निर्णय गरेका छन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति मडुरोले ब्राजिलको सीमा बन्द गर्ने भएका हुन् ।

A group of vehicles are driven on the road after leaving the house of the Venezuelan opposition leader Juan Guaido in Caracas, 21 February 2019

मडुरोले कोलम्बियासँगको सीमा पनि बन्द गर्नेबारे छलफल चलिरहेको बताएका छन् ।

The "Venezuela Aid Live" stage at Tienditas, 21 February

आफूलाई अन्तरिम राष्ट्रपति स्वघोषित गरेका विपक्षी नेता हुँवा गाउडियोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि पठाएको मानवीय सहायता सामग्री बोकेका विमान सीमावर्ती कोलम्बियन शहर कुकुता पुगेका छन् ।

तर सीमामा राष्ट्रपति मडुरोको समर्थनमा रहेका सैनिकको अवरोध छ । मडुरोले भेनेजुएलामा कुनै पनि किसिमको मानवीय सहायताको खाँचो नरहेको बताउँदै आमएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ