जम्बू-काश्मिरमा हमला गर्ने आतंककारी उत्तर प्रदेशमा पनि, दुई पक्राउ
प्रकाशित २०७५ फागुन १० शुक्रबार
392
Shares
लखनउ। भारतको जम्बू काश्मिरमा एक साता अघि भएको हमला गर्ने आतंककारीहरुलाई प्रहरीले उत्तरप्रदेशबाट पनि पक्राउ गरेको छ । खुफिया एजेन्सीको सूचना अनुसार विभिन्न स्थानमा विस्फोट गराउने योजनामा जैश-ए-मोहम्मदका सदस्यहरुको खोजीमा रहेको भारतीय प्रहरीहरुले उत्तरप्रदेशबाट समेत आतंककारी पक्राउ गरेको हो ।
उत्तर प्रदेश प्रहरीको आतंक विरोधी दस्ता (एटीएस)ले शुक्रबार पश्चिमी उत्तर प्रदेशको हारनपुर जिल्लाबाट २ जना सन्दिग्ध आतंककारीहरुलाई पक्राउ गरिएको जनाएको छ । ती दुबै जना हारनपुर जिल्लाको देवबन्द भन्ने ठाउँमा स्थित एक होस्टलमा बसिरहेका थिए । गिरफ्तार गरिएकाहरुको नाम शाहनवाज अहमद तेली तथा आकिब रहेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका आतंककारीसँग हतियास समेत भेटिएको छ ।
प्रहरीका अनुसार शाहनवाज जम्मू-कश्मीरको कुलगामका स्थायी निवासी हुन् । त्यस्तै, आकिब पुलवामा स्थायी घर भएका व्यक्ति हुन् । उनीहरु उत्तर प्रदेशमा यस्ता व्यक्तिहरुको खोजीमा थिए कि जसको दिमाग परिवर्तन गरी आफ्नो संगठनमा भक्ति गर्न सकियोस् । उनीहरु त्यसैको लागि देववन्ध तथा उत्तर प्रदेशका कैंयौं जिल्लामा समेत गईसकेको समेत स्वीकार गरेका छन् ।
एटीएसका अनुसार यी आतंककारीहरुबाट जैशसँग जोडिएको भिडियो तथा तस्वीरहरु समेत बरामत भएको छ । एटीएसले यो पनि शंका गरेका छन् कि यिनीहरुको पाकिस्तान स्थित आतंककारी संगठन जैश-ए-मोहम्मदसँग उनीहरुको सम्बन्ध हुनसक्छ । एटीएसले शुक्रवार विहान गरिएको कारबाहीमा करिब ११ छात्रहरुलाई हिरासतमा लिईएको थियो । जसबाट शाहनवाज समेत एक अन्य छात्रलाई मात्रै गिरफ्तार गरिसकिएको छ भने अरुसँग बयान लिन बाँकी छ ।