arrow

जम्बू-काश्मिरमा हमला गर्ने आतंककारी उत्तर प्रदेशमा पनि, दुई पक्राउ

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
UP_police.JPG

लखनउ। भारतको जम्बू काश्मिरमा एक साता अघि भएको हमला गर्ने आतंककारीहरुलाई प्रहरीले उत्तरप्रदेशबाट पनि पक्राउ गरेको छ । खुफिया एजेन्सीको सूचना अनुसार विभिन्न स्थानमा विस्फोट गराउने योजनामा जैश-ए-मोहम्मदका सदस्यहरुको खोजीमा रहेको भारतीय प्रहरीहरुले उत्तरप्रदेशबाट समेत आतंककारी पक्राउ गरेको हो । 

उत्तर प्रदेश प्रहरीको आतंक विरोधी दस्ता (एटीएस)ले शुक्रबार पश्चिमी उत्तर प्रदेशको हारनपुर जिल्लाबाट २ जना सन्दिग्ध आतंककारीहरुलाई पक्राउ गरिएको जनाएको छ । ती दुबै जना हारनपुर जिल्लाको देवबन्द भन्ने ठाउँमा स्थित एक होस्टलमा बसिरहेका थिए । गिरफ्तार गरिएकाहरुको नाम शाहनवाज अहमद तेली तथा आकिब रहेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका आतंककारीसँग हतियास समेत भेटिएको छ । 

प्रहरीका अनुसार शाहनवाज जम्मू-कश्मीरको कुलगामका स्थायी निवासी हुन् । त्यस्तै, आकिब पुलवामा स्थायी घर भएका व्यक्ति हुन् । उनीहरु उत्तर प्रदेशमा यस्ता व्यक्तिहरुको खोजीमा थिए कि जसको दिमाग परिवर्तन गरी आफ्नो संगठनमा भक्ति गर्न सकियोस् । उनीहरु त्यसैको लागि देववन्ध तथा उत्तर प्रदेशका कैंयौं जिल्लामा समेत गईसकेको समेत स्वीकार गरेका छन् । 

एटीएसका अनुसार यी आत‌ंककारीहरुबाट जैशसँग जोडिएको भिडियो तथा तस्वीरहरु समेत बरामत भएको छ । एटीएसले यो पनि शंका गरेका छन् कि यिनीहरुको पाकिस्तान स्थित आतंककारी स‌ंगठन जैश-ए-मोहम्मदसँग उनीहरुको सम्बन्ध हुनसक्छ । एटीएसले शुक्रवार विहान गरिएको कारबाहीमा करिब ११ छात्रहरुलाई हिरासतमा लिईएको थियो । जसबाट शाहनवाज समेत एक अन्य छात्रलाई मात्रै गिरफ्तार गरिसकिएको छ भने अरुसँग बयान लिन बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ