arrow

एशियन हक्की संघको सदस्यमा अनिल प्रसाद शर्मा निर्वाचित

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
hockey1.jpg

जापान । जापानको जिफु शि सहरमा भएको एशियन हक्की महासंघको काँग्रेश तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ ।

शुक्रबार सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिल प्रसाद शर्मालाई ४ बर्षिय कार्यकालका लागि कार्यकारी सदस्यमा निर्विरोध निर्वाचित गरेको जापानबाट संघका सचिव रन्जन थापाले जानकारी गराए ।

महासंघको काँग्रेसले मलेसियाका राजा अब्दुल्लाह विन सुल्तान अहमद शाहलाई महासंघको संरक्षकमा चयन गर्दै जापानका दातो फुमिओ ओगुराको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारी समितिमा चयन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ