arrow

पाकिस्तानसँग विश्वकप खेल्ने कि नखेल्ने ? निर्णय गर्ने जिम्मा मोदी सरकारलाई

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
India_pakistan.jpg

नयाँ दिल्ली । पाकिस्तानसँग विश्वकप खेल्ने कि नखेल्ने भन्नेबारे बीसीसीआईले निर्णय गर्न सकेन । शुक्रबार बसेको बैठकले त्यो निर्णय सरकारलाई नै गर्न दिने निष्कर्ष निकाल्दै बैठकको अन्त्य गरेको हो । सो विषयमा सल्लाह लिनको लागि भारतीय क्रिकेट काउन्सिलले प्रमुख विनोद रायले पाकिस्तानसँग खेल्ने विषयमा हामी सरकारसँग बसेर छलफल गर्नेछौं त्यसपछि मात्रै अन्तिम निर्णय निकालिने छ । पछिल्लो समय पाकिस्तान युद्धको लागि तयार रहेको विषय बाहिर आईरहँदा बीसीसीआईले  निर्णय गर्न नसकी यसको जिम्मा सरकारलाई दिएको हो । 

पाकिस्तान सरकारले पाकिस्तान शासित काश्मिरमा रहेका विभिन्न अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको समाचार भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छन् । यो खेल खेल्नको लागि अझै ३ महिना बाँकी रहेको छ ।  यो समयसम्ममा गम्भीर चर्चा गरेर यसको निष्कर्ष निकाल्ने निर्णय सल्लाहकार समितिले गरेको हो । रायले सरकारसँग छलफल गरी पाकिस्तानसँग खेल्ने कि नखेल्ने भन्ने आईसीसीलाई पत्र लेखी जानकारी दिने समेत बताए।

वर्ल्ड कपमा टीम इण्डियाको पाकिस्तान विरुद्ध १६ जुनमा मेनचेस्टरमा  तालिका रहेको छ । पुलवामा आतंकवादी हकलामा ४० भारतीय सैनिकको ज्यान गएको घटनापछि भारतमा पाकिस्तान विरुद्ध विश्वकप नखेल्नको लागि तीब्र आलोचना हुँदै आएको छ । धेरै पूर्व खेलाडीहरुले विश्वकपमा भारतले पाकिस्तानसँग खेल्न नहुने तर्क राख्दै आईरहेका छन् । 

भारतीय पुर्व कप्तान सुनिल गावस्करले फरक मत राखेका छन्। उनले पाकिस्तानलाई समुह चरणमा हराएर माथिल्लो चरण जानबाट रोक्नु पर्छ । भारतले पाकिस्तान बिरुद्ध नखेल्दे भारतले गुमाउने २ अंक मात्र हो तर पाकिस्तानले त्यही २ अंकले दोस्रो चरण जान सक्छ । सेमीफाईनल-फाइनलमा पाकिस्तान परेमा के गर्ने रु उनको प्रश्न थियो।

उनले अगाडी थपे ‘क्रकेट भन्दा अगाडी देश हो र देशले जे भन्छ उक्त निर्णयो म सम्मान गर्छु। सरकारले जे निर्णय गर्छ उक्त निर्णयमा मेरो समर्थन रहने छ’। पुलवामा आक्रमणको असर पुरुष क्रिकेट विश्वकपमा पनि पर्न सक्ने संभावना बढ्दै गएको छ। विश्वकपमा हुने भारत पाकिस्तान बिरुद्धको खेल भारतले खेल्न नहुने आवाज बढ्दै जान थालेको छ।

पाकिस्तान बिरुद्धको खेल खेल्न हुन्न र कुनै पनि सम्बन्ध राख्न नहुने कुरा पुर्व क्रेकटर हरभजन सिंहले जनाएका छन्।  पकिस्तानले नै आतंकवादी गतिबीधिलाई प्रश्रय दिईरहेको सिंहले भारतीय मिडियालाई बताएका छन्। त्यसैगरी पुर्व कप्तान सौरभ गांगुलीले पनि पाकिस्तानसँग कुनै पनि खेल खेल्न नहुने बताएका छन्। क्रिकेट, हक्की मात्र होईन सबै सम्बन्ध तोड्नु पर्ने कुरामा गांगुली अडिग देखिए। भारतीय टिभीमा बोल्दै गांगुलीले भारत बिना विश्वकप क्रिकेटको कल्पना आईसीसीले गर्न नसक्ने बताएका छन्।

पुर्व कप्तान मोहम्मद अजहर उद्दिनले पाकिस्तानसँगको कुनै पनि खेल खेलन नहुने बताएका छन्। उनले भने आईसीसी र भारतीय क्रिकेट बोर्डले यो कुराको निर्ण चाँडै गर्नु पर्छ, बारतीय टिभी आजतकमा उनले बताए। अन्तराष्ट्रीय क्रेकट काउन्सीलका निर्देशक डेव रिचर्डसनले आईसीसीको पुरानो तालिकामा कुनै पनि हेरफेर नहुने स्पष्ट रुपमा बताएका छन्। पुलवामा आक्रमण पछि भारत र पाकिस्तानको सम्बन्ध चिसिंदै गएको छ। बारतले उक्त आक्रमण पाकिस्तानको निर्देशनमा भएको आरोप लगाउँदैछ भने पाकिस्तानले उक्त कुराको प्रमाण मागीरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ