arrow

गांगुली मुख्यमन्त्री बन्ने तयारीमा रहेको मियांदादको आरोप

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
ganguly_miyandad.jpg

काठमाडौं। भारत र पाकिस्तानमा क्रिकेट बिश्वकपलाई लिएर पुर्व खेलाडीहरुको बक्तब्य आउन शुरु गरेको छ। 

भारतीय पुर्व कप्तान सौरभ गांगुलीको कडा अभिब्यक्ती बिरुद्ध पाकिस्तानका पुर्व कप्तान जावेद मियाँदादले 'काउन्टर' दिएका छन्। 

भारतका पुर्व कप्तान सौरभ गांगुलीले पनि पाकिस्तानसँग कुनै पनि खेल खेल्न नहुने बताएका थिए। क्रिकेट, हक्की मात्र होईन सबै सम्बन्ध तोड्नु पर्ने कुरामा गांगुली अडिग देखिए। भारतीय टिभीमा बोल्दै गांगुलीले भारत बिना विश्वकप क्रिकेटको कल्पना आईसीसीले गर्न नसक्ने  र एक खेल नखेल्दैमा भारतलाई र बिश्वकपलाई कुनै असर पर्दैन भनेर बताएका थिए। 

पाकिस्तानी पुर्व क्रिकेटर जावेद मिंयादादले भारतीय क्रिकेट बोर्डको पाकिस्तानलाई विश्वकपबाट हटाउनु पर्ने तर्कलाई बच्चा कुरोको संज्ञा दिएका छन्। 

उनले भने ‘आइसीसी भनेको भारतीय क्रिकेट बोर्ड होईन र उ सबै क्रिकेट खेल्ने देशहरुको प्रतिनिधि संस्था हो । उसलाई के गर्ने र नगर्ने भन्ने बारे राम्रोसँग थाहा छ।‘ 

भारतीय पुर्व कप्तान सौरभ गांगुलीको पाकिस्तान सँग सबै सम्बन्ध तोड्नु पर्छ भन्ने अभिब्यक्तीलाई मियाँदादले – ‘सायद गाँगुली निर्वाचनको तयारि गर्दैछन वा आफ्नो प्रान्तको मुख्यमन्त्री हुन खोज्दैछन्। त्यसैले आफ्नो मतदातालाई खूशी पार्न यस्तो भनेका हुन्’ भने । 

त्यसैगरि भारत र पाकिस्तानका खेलाडीहरुको बिश्वकप क्रिकेट बारे आफ्नो मत राख्ने काम जारी राखेका छन्। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ