arrow

चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता

logo
एएफपी,
प्रकाशित २०७५ फागुन १० शुक्रबार
xi-salman-saudi-china.jpg

बेइजिङ। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गरेका छन्। पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा परेका युवराज सलमानले दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने क्रममा चीन आएका हुन्। उनी बिहीबार चीनको राजधानी बेइजिङ आइपुगेको समाचारमा जनाइएको छ  यसअघि उनले पाकिस्तान र भारतको भ्रमण गरिसकेका छन्।

सलमान र सीबीचमा केही महत्वपूर्ण सम्झौताहरुसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन्। युवराज सलमानले चिनियाँ उपप्रधानमन्त्री हान झेङलाई भने शुक्रबार विहानै भेटेका थिए। “साउदी युवराजको त्यस क्षेत्रको भ्रमणले पूवी क्षेत्रलाई उनले प्राथमिकतामा राखेका छन् भन्ने संकेत गर्दछ,” अरब मामिलाका एक जना विश्लेषक नाजाहाल ओताइबीले एएफपीसँग भने।

साउदी राजपरिवारका कटु आलोचक पत्रकार खशोग्जीको गत अक्टोबरमा इस्तानबुलस्थित साउदी कन्सुलेटमा हत्या भएको थियो। सो हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको धेरैले आरोप लगाउदै आएका छन्। तर साउदी राजपरिवारले भने आरोपको खण्डन गरेको छ।

खशोग्जीको हत्या प्रकरणलाई लिएर अमेरिका लगायतका देशहरुले साउदी अरबका विरुद्धमा विश्वव्यापी रुपमा साउदी अरवलाई एक्ल्याउने र आलोचना गर्ने प्रयास गरेका छन्। अमेरिका पक्षधर देशहरुले यस्तो प्रयास गरिरहेका बेला राजकुमार सलमानले अमेरिकाको प्रतिश्पर्धी मानिने चीनको भ्रमण गरेका हुन्। यसलाई कुटनीतिक क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ