arrow

नबिल बैंकलाई स्टकको स्पष्टीकरण

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
Nabil-Bank-logo.jpg

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेको छ। स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा यही फागुन २७ गतेका लागि तोकिएको र धितोपत्र दर्ता बन्द यही फागुन १४ गते हुने भन्ने पत्र सात दिन पहिले पठाउनुपर्नेमा त्यस्तो नभएको पाइएको छ।

सात दिनभित्र जानकारी गराउनु पर्नेमा के कति कारणले सोको जानकारी ढिला भएको हो ? सो को कारण पत्र प्राप्त गरेको २४ घण्टाभित्र उपलब्ध गराउन स्टकले बैंकलाई पत्राचार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ