arrow

विश्वकपमा पाकिस्तानसँग खेल्नु पर्ने सचिनको भनाई

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
sachin-tendulkar_14725970.jpeg

काठमाडौं। भारतीय पुर्व कप्तान एवं स्टार क्रिकेटर सचिन तेन्दुलकरले विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल भारतले खेल्न पर्ने बताएका छन्।

खेल्दै नखेली २ अंक प्रतिद्वन्दीलाई दिन नहुने उनको भनाई रहेको छ। खेलेर पाकिस्तानलाई हराएर उक्त अंक आफुले लिनु पर्ने सचिनले बताएका छन्।

उनले भने ‘ पाकिस्तानलाई विश्वकप क्रिकेटमा भारतले जहिले पराजित गरेको छ र यसपाली पनि पराजित गरेर अंक लिनु पर्छ’।

उनले अर्का पुर्व कप्तान सुनिल गावस्करको कुरासँग सहमत रहेको बताएका थिए।

गावस्करले पाकिस्तानलाई समुह चरणमा हराएर माथिल्लो चरण जानबाट रोक्नु पर्छ भनेर भनेका थिए । भारतले पाकिस्तान बिरुद्ध नखेल्दे भारतले गुमाउने २ अंक मात्र हो तर पाकिस्तानले त्यही २ अंकले दोस्रो चरण जान सक्छ । सेमीफाईनल-फाइनलमा पाकिस्तान परेमा के गर्ने ? उनको प्रश्न थियो।

गावस्कर र तेण्दुलकरले पाकिस्तान बिरुद्ध विश्वकपमा खेल्नु पर्छ भनिरहेको बेला अधिकांश पुर्व एवं बर्तमान क्रिकेटरहरुले खेल्न नहुने अभिमत राखेका छन्।

तेण्दुलकर र गावस्कर दुवैले क्रिकेट भन्दा पहिला देश हुने हुनाले देशले गर्ने कुनै पनि निर्णय आफुले ह्रदयदेखि मान्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ