arrow

ए डिभिजन च्याम्पियन सिग्नेचर मनाङको जिम्मेवारी छिमीलाई 

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
mmc1.jpg

काठमाडौं  । ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मर्स्याङ्दी फुटबल क्लबको अध्यक्षमा छिमी उर्केन गुरुङ सर्वसम्मत चयन भएका छन् । 

मनाङ समाज सेवा समिति संरक्षक रहेको क्लबको गत बुधबारको साधारणसभाले छिमीको अध्यक्षमा दुई वर्षका लागि १४ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । 

कार्यसमितमा १७ सदस्यीय रहने भएपनि तीन सदस्यहरु अध्यक्षले पछि मनोनित गर्ने बुझिएको छ । 

प्रथम उपाध्यक्षमा रिन्जेन दोर्जे गुरुङ, उपाध्यक्षमा कर्मा छिरिङ गुरुङ, मुखिया लामा र टासी गुरुङ छन् । महासचिवमा अनिल गुरुङ र सचिवमा छिरिङ टासी घले सर्वसम्मत चयन भए । 

नयाँ कार्यसमितिले पोखरामा बिहीबारबाट सुरु भएको १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएपछि मात्र कार्यभार सम्हाल्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ