arrow

कारगील युद्धले नरोकिएको भारत पाकिस्तानको क्रिकेट, अब के होला ?

सचिन र गावस्कर खेल्नुपर्छ भन्ने पक्षमा

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ फागुन ११ शनिबार
Ind_Pak_cricket.jpg

काठमाडौं। भारतले पाकिस्तान बिरुद्ध एकदिवसीय क्रिकेट बिश्वकपमा खेल्ने की नखेल्ने चर्चा भारतमा चलिरहेको छ। भारतमा ठुलो मत खेल्न हुन्न बन्ने तिर गैरहेको भारतीय मिडियामा भैरहेको चर्चाले देखाएको छ।

पुलवामा आक्रमणमा भारतीय ४० सुरक्षाकर्मीको ज्यान गएको थियो। उक्त आत्मघाती आक्रमणको दोष भारतले पाकिस्तानलाई लगाईरहेको छ। भारतमा पाकिस्तान प्रति आक्रोश बढ्दै गैरहेको छ।

भारतीय सरकारको निर्णय आईसीसी लगायत पुरै विश्वको ध्यान केन्द्रित गरेको छ। बल अब भारतीय सरकारको हातमा रहेको छ। भारत सरकारले खेल्ने नखेल्ने बारे कुनै निर्णय गरिसकेको छैन।

भारतीय कांग्रेसका नेता शशी थरुरले भारतले पाकिस्तान बिरुद्ध खेल्नु पर्ने मत राखेका छन्। उनले सन् १९९९को विश्वकप स्मरण गर्दै ट्विट गरेका छन् ‘कारगील युद्ध चलिरहेको बेलामा पनि हामीले पाकिस्तान बिरुद्ध खेलेर जित हासिल गरेका थियौं। अब पनि खेल्नु पर्छ र जित्नु पर्छ । कुरा २ अंकको होईन कुरा आत्मसम्मान को हो। खेल अगाडी घुँडा टेक्नु हुन्न। ‘

थरुरकै कुरासँग मिल्दो जुल्दो कुरा भारतीय पुर्व कप्तान सुनिल गावस्करले पनि गरेका छन्।

उनले पाकिस्तानलाई समुह चरणमा हराएर माथिल्लो चरण जानबाट रोक्नु पर्छ । भारतले पाकिस्तान बिरुद्ध नखेल्दे भारतले गुमाउने २ अंक मात्र हो तर पाकिस्तानले त्यही २ अंकले दोस्रो चरण जान सक्छ । सेमीफाईनल-फाइनलमा पाकिस्तान परेमा के गर्ने ? उनको प्रश्न थियो।

गावस्कर जस्तै भारतीय पुर्व कप्तान एवं स्टार क्रिकेटर सचिन तेन्दुलकरले विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल भारतले खेल्न पर्ने बताएका छन्।

खेल्दै नखेली २ अंक प्रतिद्वन्दीलाई दिन नहुने उनको भनाई रहेको छ। खेलेर पाकिस्तानलाई हराएर उक्त अंक आफुले लिनु पर्ने सचिनले बताएका छन्।

उनले भने ‘ पाकिस्तानलाई विश्वकप क्रिकेटमा भारतले जहिले पराजित गरेको छ र यसपाली पनि पराजित गरेर अंक लिनु पर्छ’।

पाकिस्तानी पुर्व क्रिकेटर जावेद मिंयादादले भारतीय क्रिकेट बोर्डको पाकिस्तानलाई विश्वकपबाट हटाउनु पर्ने तर्कलाई बच्चा कुरोको संज्ञा दिएका छन्।

उनले भने ‘आइसीसी भनेको भारतीय क्रिकेट बोर्ड होईन र उ सबै क्रिकेट खेल्ने देशहरुको प्रतिनिधि संस्था हो । उसलाई के गर्ने र नगर्ने भन्ने बारे राम्रोसँग थाहा छ।‘

भारतीय पुर्व कप्तान सौरभ गांगुलीको पाकिस्तान सँग सबै सम्बन्ध तोड्नु पर्छ भन्ने अभिब्यक्तीलाई मियाँदादले – ‘सायद गाँगुली निर्वाचनको तयारि गर्दैछन वा आफ्नो प्रान्तको मुख्यमन्त्री हुन खोज्दैछन्। त्यसैले आफ्नो मतदातालाई खूशी पार्न यस्तो भनेका हुन्’ भने ।

अहिलेसम्म तीन विश्वकपमा चार खेलहरु बहिष्कार गरिएका छन्।  

कारगील युद्ध र ‘९९ विश्वकप

यस अघि सन् १९९९को विश्वकप क्रिकेटमा भारतले पाकिस्तान बिरुद्ध कारगिल युद्ध लडिरहँदा पनि एक अर्कासँग खेलेका थिए। ईङल्याण्ड प्रमुख आयोजक रहेको विश्वकप नेदरल्याण्ड ,स्कटल्याण्ड, वेल्स र आयरल्याण्डमा भएको थियो।

मई १९९९ देखि जुलाई १९९९ सम्म चलेको उक्त युद्धमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो भने क्रिकेट विश्वकप मई १४, १९९९ देखि जुन २०, १९९९सम्म चलेको थियो। उक्त विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो। अहिलेसम्म कुनै पनि विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन्।

समूह चरणमा भारतले पाकिस्तानलाई पराजित  गरेको भए पनि पाकिस्तान फाईनलसम्म पुगेको थियो। उक्त विश्वकपको फाईनलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै विश्वकप जितेको थियो।

‘९६को विश्वकप र खेल बहिष्कार

सन् १९९६मा क्रिकेट विश्वकप भारत-पाकिस्तान-श्रीलंकाले आयोजना गरेका थिए। उक्त विश्वकपमा अष्ट्रेलिया र वेष्टईण्डिजले आफ्नो टोली श्रीलंका पठाएनन्।

जनवरी १९९९मा भएको श्रीलंकाको केन्द्रीय बैंकमा भएको बम बिस्फोटलाई सुरक्षा कारण देखाई अष्ट्रेलिया र वेष्ईन्डिजले खेल बहिस्कार गरेका थिए। उक्त बहिस्कृत खेलबाट श्रीलंकाले कुल ४ अंक आर्जन गरेको थियो।

उक्त विश्वकपको फाईनलमा श्रीलंकाले अष्ट्रेलियालाई पराजित गर्दै विश्वकप जितेको थियो।

२००३ विश्वकप र बहिष्कार

सन् २००३को विश्वकपमा ईङल्याण्ड र न्युजिल्याण्डले क्रमश जिमबाब्वे र केन्या बिरुद्धको केल बहिष्कार गरेका थिए।

जिम्बाब्वेमा सुरक्षाको करण देखाउँदै ईङल्याण्डले केल खेलेन र अंक गुमाएको थियो। उक्त प्रतियोगितामा ईङल्याण्ड समुह चरणबाट बाहिरिएको थियो भने जिम्बाब्वे सुपर सिक्समा पुगेको थियो।

दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्यामा सँयुक्त रुपमा आयोजना भएको विश्वकपमा न्युजिल्याण्डले पनि केन्या बिरुद्ध खेल्न अश्वाकर गरे पछि केन्याले २ अंक प्राप्त गरेको थियो। उक्त विश्वकपमा केन्या सेमीफाईनलसम्म पुगेको थियो।

भारतीय खेलाडी के भन्छन्?

भारतीय पुर्व कप्तान सुनिल गावस्करले फरक मत राखेका छन्। उनले पाकिस्तानलाई समुह चरणमा हराएर माथिल्लो चरण जानबाट रोक्नु पर्छ । भारतले पाकिस्तान बिरुद्ध नखेल्दे भारतले गुमाउने २ अंक मात्र हो तर पाकिस्तानले त्यही २ अंकले दोस्रो चरण जान सक्छ । सेमीफाईनल-फाइनलमा पाकिस्तान परेमा के गर्ने ? उनको प्रश्न थियो।

उनले अगाडी थपे ‘क्रिकेट भन्दा अगाडी देश हो र देशले जे भन्छ उक्त निर्णयो म सम्मान गर्छु। सरकारले जे निर्णय गर्छ उक्त निर्णयमा मेरो समर्थन रहने छ’।

पुलवामा आक्रमणको असर पुरुष क्रिकेट विश्वकपमा पनि पर्न सक्ने संभावना बढ्दै गएको छ। विश्वकपमा हुने भारत पाकिस्तान बिरुद्धको खेल भारतले खेल्न नहुने आवाज बढ्दै जान थालेको छ।

पाकिस्तान बिरुद्धको खेल खेल्न हुन्न र कुनै पनि सम्बन्ध राख्न नहुने कुरा पुर्व क्रेकटर हरभजन सिंहले जनाएका छन्।  पकिस्तानले नै आतंकवादी गतिबीधिलाई प्रश्रय दिईरहेको सिंहले भारतीय मिडियालाई बताएका छन्।

त्यसैगरि पुर्व कप्तान सौरभ गांगुलीले पनि पाकिस्तानसँग कुनै पनि खेल खेल्न नहुने बताएका छन्। क्रिकेट, हक्की मात्र होईन सबै सम्बन्ध तोड्नु पर्ने कुरामा गांगुली अडिग देखिए। भारतीय टिभीमा बोल्दै गांगुलीले भारत बिना विश्वकप क्रिकेटको कल्पना आईसीसीले गर्न नसक्ने बताएका छन्।

पुर्व कप्तान मोहम्मद अजहर उद्दिनले पाकिस्तानसँगको कुनै पनि खेल खेलन नहुने बताएका छन्। उनले भने आईसीसी र भारतीय क्रिकेट बोर्डले यो कुराको निर्ण चाँडै गर्नु पर्छ, बारतीय टिभी आजतकमा उनले बताए।

अन्तराष्ट्रीय क्रेकट काउन्सीलका निर्देशक डेव रिचर्डसनले आईसीसीको पुरानो तालिकामा कुनै पनि हेरफेर नहुने स्पष्ट रुपमा बताएका छन्।

पुलवामा आक्रमण पछि भारत र पाकिस्तानको सम्बन्ध चिसिंदै गएको छ। बारतले उक्त आक्रमण पाकिस्तानको निर्देशनमा भएको आरोप लगाउँदैछ भने पाकिस्तानले उक्त कुराको प्रमाण मागीरहेको छ।

काश्मीरको पुलावामा आत्मघाती आक्रमणमा भारतका ४० जवान मारिएका थिए।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ