- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुडान । सुडानमा संकटकाल घोषणा गरिएको छ । सरकारविरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति ओमर अल बसिरले संकटकाल घोषणा गरेका हुन् ।
बसिरले सुडानका सबै प्रान्तीय सरकारसमेत विघटन गरेका छन् । सुडानमा १८ प्रान्त रहेका छन् ।
उनले गभर्नरहरुलाई समेत बर्खास्त गरेका छन् । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै बसिरले एक वर्षसम्मका लागि मुलुकका संकटकाल लगाइएको घोषणा गरेका हुन् ।
पछिल्ला केही दिनदेखि विरोधको सामना गरिरहेका राष्ट्रपति बसिरले विरोध प्रदर्शनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको निष्कर्ष निकालेका छन् । उनले प्रदर्शनबाट नभई चुनावबाटै सरकार परिवर्तन हुने बताएका छन् ।
७५ वर्षे बसिर सन् १९८९ देखि निरन्तर शक्तिमा छन् । सुडानमा पाउरोटी र इन्धनको मूल्य घटाउन माग गर्दै सुरु भएको प्रदर्शन अन्ततः राष्ट्रपति बसिरको तीन दशक लामो कार्यकालको विरोधमा पुगेको थियो ।
आन्दोलन चर्केपछि एक हजार बढी पक्राउ परेका छन् भने ४० जनाको ज्यान गएको छ ।