arrow

भारत–पाकिस्तान दुस्मनी अन्त्य हुने ट्रम्पको विश्वास

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको दुस्मनी चाँडै अन्त्य हुने विश्वास गरेका छन् । ट्रम्पले अमेरिकी प्रशासन दुवै देशको सम्पर्कमा रहेको र समस्या समाधानका लागि पहल गरिरहेको बताएका छन् । 

भारत र पाकिस्तानबीच पुलवामा आक्रमणपछि सम्बन्ध बिग्रिएको छ । हाल भारत पाकिस्तानबीच हालत खराव रहे पनि समाधान हुने विश्वास गरेका हुन् । 

गत २० फेब्रुअरीमा ट्रम्पले भारत–पाकिस्तानबारे सम्बन्धमा आधारित रहेर बयान दिएका थिए । 

यही बीचको समयमा भारतीय मुलका अमेरिकीहरुले न्यूयोर्कस्थित पाकिस्तानी कन्सुलेटको कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए । 

US

उनीहरुले पोस्टरमा ‘पाकिस्तान वैश्विक आतंकवादी देश हो’ लेखेका थिए । पाकिस्तानीले बस्तुको निर्यात गर्नुपर्ने आतंकको हैन भन्ने जस्ता पोष्टर पनि विरोधमा राखिएका थिए । 

न्यूयॉर्क में पाक कॉन्सुलेट के बाहर भारतीय मूल के लोगों का प्रदर्शन।

ट्रम्पले दुई देशबीचको सम्बन्ध सुधारका लागि प्रयास गरिरहेको समेत बताएका छन् । ट्रम्पले दुई देशबीच सन्तुलन राख्नु जरुरी रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ