arrow

जम्बू काश्मिरमा अलगाववादी नेता पक्राउपछि सीमामा हलचल, सुरक्षा फौज बढाईयो

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
pakistan-army_650x400_61453560896.jpg

श्रीनगर। भारत शासित जम्बू काश्मिरमा भारतीय अर्ध सैनिक बलले अलगाववादी नेता यासीन मलिक र जमात-ए-इस्लामीका दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेपछि जम्बू काश्मिरमा सुरक्षा सतर्कता बढाईएको छ। एक साता अघि सरकारले दिएको सुरक्षा फिर्ता लिईएको अलगाववादी नेताहरुलाई भारतले पक्राउ गरेपछि त्यहाँ हुनसक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै सुरक्षा फौज समेत बढाईएको छ।

भारत सरकारको यो गतिविधिले केही दिनमा नै जम्बू काश्मिरमा सैनिक युद्ध हुने सम्भावना देखिएको छ। उता, पाकिस्तानले पनि आफ्ना सैनिकहरुलाई र अस्पतालमा समेत उच्च सतर्कता अपनाउनको लागि निर्देशन दिईसकेको छ भने भारतले आतंकवादी संगठन भन्ने पाकिस्तानी धार्मिक संस्था जैश-ए-मोहम्मदको मुख्यालयमा पाकिस्ताले उच्च सतर्कता अपनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

भारतको सर्वोच्च अदालतमा सोमबारदेखि सुरु हुन लागेको जम्बू काश्मिर सम्बन्धी विषय समेटिएको सेक्सन ३५ ए बारे सुनुवाईमा हुने फैसलाले त्यहाँ हुन सक्ने आतंककारी आक्रमणको लागि सुरक्षा व्यवस्था बढाईएको भारतले जनाएको छ। अहिले १०० जनाको अर्ध सैनिक टोली त्यहाँ थपिसकेको छ। पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाले शुक्रबार मात्रै एलओसीमा आएर त्यहाँको स्थितिबारे जानकारी लिएका छन्। 

सोही स्थानमा नयाँ पाकिस्तानी युद्ध विमानले समेत उडान भरेको छ। यसले पनि केही समयमा पाकिस्तान र भारतबीच सैनिक कारबाही सुरु हुनसक्ने बताईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ