arrow

भारत–पाकिस्तान विश्वकप : स्टेडियमको क्षमता २५ हजार, ४ लाख टिकटको माग

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
indo-pak-series-2-1_647_112915082731.jpg

काठमाडौं। पुलवामा आक्रमणपछि भारतले विश्वकप क्रिकेटमा पाकिस्तानसँग खेल्ने वा नखेल्ने भन्ने विषयमा विभिन्न किसिमको प्रश्न उठिरहेका छन्।यस्तोमा भारत र पाकिस्तानबीचको टिकटको माग अत्यधिक देखिएको छ। अष्ट्रेलिया र इंगल्याण्डभन्दा पनि बढी टिकटको माग भारत र पाकिस्तानबीचको खेलमा देखिएको हो।

पुलवामा भएको आक्रमणमा ४४ भारतीय सैनिकको ज्यान गएसँगै भारतमा इंगल्याण्डमा हुन गइरहेको क्रिकेट विश्वकपबारे अनिश्चितता देखिएको हो। आगामी जुन १६ मा भारत र पाकिस्तानबीच विश्वकपको खेल हुने कार्यतालिका छ। यो खेलका लागि अत्यधिक मात्रामा टिकटको माग भएको हो। 

आईसीसीका अनुसार सो खेलका लागि ४ लाख मानिसले टिकटका लागि आग्रह गरिसकेका छन्। जबकी यो स्टेडियममा केवल २५ हजार मानिसहरु मात्र अटाउँछन्। आईसीसी वल्र्ड कपका निर्देशक स्टिभ एल्वोर्थीका अनुसार भारत र पाकिस्तानको खेलका लागि फाइनलभन्दा पनि धेरै माग आएको हो। 

कुनै विशेष खेलका लागि यति धेरै मात्रामा टिकटको माग हुनु निकै महत्वपूर्ण रहेको उनको भनाइ छ। यद्यपि यो खेलका लागि अत्यधिक मानिस निराश हुनुपर्ने देखिएको छ। अन्य खेलसँग तुलना गर्ने हो भने इंगल्याण्ड र अष्ट्रेलियाबीचको खेलका लागि २ लाख ४० हजार मानिसले मात्र टिकटको माग गरेका छन्। फाइनलका लागि भने २ लाख ७० हजारले टिकटको माग गरेका छन्।

एल्वोर्थीले यदि फाइनलमा भारत र पाकिस्तान पुग्ने हो भने यसको अवस्था के हुन्छ भन्ने कुरा अनुमान गर्न निकै कठिन रहेको बताए। भारतमा केही पूर्वक्रिकेटरले यो खेल अस्वीकार गर्नुपर्ने बताएका छन् भने केह भने खेल हुनुपर्ने पक्षमा छन्। यस्तोमा आईसीसीका प्रमुखले भने तालिकामा कुनै फेरबेदलका लागि अस्वीकार गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ