arrow

भारतको असममा विषालु मदिराका कारण ९३ जनाको मृत्यु

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
madira.jpg

नयाँ दिल्ली । असमको गोलाघाट जिल्लाको चिया बगानमा विषालु मदिराको कारण आजसम्म करिब ९३ जना मानिसको ज्यान गएको छ । मृतकहरुमा अधिकांश महिलाहरु रहेका छन् । आज विहानसम्म यो संख्या ५९ थियो तर मृतकहरुको संख्या विस्तारै विस्तारै बढ्दो क्रममा रहेको छ । अझै पनि जोरहाट तथा गोलाघाट जिल्लाका अस्पतालहरुमा १०० भन्दा बढी मानिस उपचारको क्रममा छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको बताईएको छ ।

जानकारीका अनुसार २५० भन्दा बढी मानिसले विहिबार चियाको बगानमा मदिरा पिएका थिए । मदिरा एकै पसलबाट खरिद गरिएको थियो । यी सबै मानिस सालिमीरा चिया बागानमा काम गर्दथे । प्रहरीले यस घटनाको सिलसिलामा दुई मानिसलाई गिरफ्तार गरिएको छ । असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले घटनाकी जाँचका आदेश दिएका छन् । घटनालाई लिएर जिल्लाका दुई प्रहरी अधिकारीहरुलाई निलम्बन गरिदिएका छन् ।

गोलाघाट सिविल अस्पतालमा विरामीहरुले उपचार गराईरहेका छन् । एक डाक्टरले भने कि स्थानीय विषालु मदिरा पिएको कारण नै सबैको ज्यान गएको पुष्टि भएको छ । यस घटनालाई लिएर असमका मुख्यमन्त्रीले असम मण्डल आयुक्त जूली सोनोवाललाई जाँच गर्नको लागि निर्देशन दिएका छन् । एक महिना भित्र यसको जाँच गरी सरकारलाई यसको रिपोर्ट दिन पनि भनिएको छ । सोनोवालले राज्यका ऊर्जा मन्त्री तपन कुमार गोगोई, सांसद कामाख्या प्रसाद तासा तथा विधायक मृणाल सैकियालाई घटनास्थलको अध्ययन गर्नको लागि निर्देशन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ