arrow

भारतीय एयरलाईन्सको प्लेन हाईज्याक गर्ने धम्की, देशभरका विमानस्थलमा हाई अलर्ट

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
air-india2.jpg

काठमाडौं । पुलवामामा आतंककारी हमला पछि भारत र पाकिस्तानको सम्बन्धमा चीसो पसिरहेको बेलामा एउटा प्राईभेट नम्बरबाट फोन गरेर प्लेन हाईज्याकको धम्की आएको छ । भारतको कुनैपनि एयरलाईन्सको प्लेन हाईज्याक गरेर पाकिस्तान लैजाने धम्की आएको हो । 

यो धम्की आएसँगै शनिवार देशको सबै एयरपोर्टमा उच्च सुरक्षा सतर्कता अपनाईएको नवभारत टाईम्सले जनाएको छ । शनिवार मुम्बईमा एक एयरलाइनको अपरेसन सेन्टरमा फोन गरि यस्तो धम्की दिइएको हो । फोन गर्नेले भारतीय क्यारियरको एक फ्लाइटलाई हाईज्याक गर्ने धम्की दिइएको हो ।  यो धम्कीसँगै देश भरका विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । विमानस्थल आउने व्यक्तिको खानतलासी, यात्रीहरुको पनि सघन तलासी र प्लेनमा भित्र जाने बेलामा पनि सघन तयारी गर्न सुरु गरिएको छ । 

शनिवार यस्तो धम्की एयर इण्डियाको एयरपोर्ट अपरेशन कन्ट्रोल सेन्टरमा आएको हो । फोनमा भनिएको थियो कि एक भारतीय एयरलाइन्सको फ्लाइट हाइज्याक गरी पाकिस्तान ल्याइने छ । त्यसो त पुलवामा हमलापछि नै एयरपोर्टहरुमा सुरक्षाको पर्याप्त बन्दोबस्ती गरिएको थियो । तर शनिबारको धम्की पछि झनै सुरक्षा सतर्कता अपनाईएको हो । ब्यूरो अफ सिविल एभिएशन सेक्युरिटीले सबै एयरपोर्ट तथा एयरलाइन्स अपरेटरको लागि दिशानिर्देश जारी गरेको छ । 

एभिएसनले टर्मिनल तथा अपरेशन क्षेत्रमा जानुपहिले कडा जाँच सुरु गरेको छ । एयरपोर्टमा जाने गाडी र त्यहाँ रहेका अन्य गाडीहरुमा समेत व्यापक तलासी गरिएको छ । साथमा यात्रीहरु, स्टाफहरु, सामान, क्याटरिंग आदिको समेत कडा जाँच गरिएको छ । एयरपोर्टको प्रवेश द्वारमा अचानक हुनेवाला जाँचको समेत सुरुवात गर्न निर्देशन भएको छ । त्यसो त सो फोन फेक हुनसक्ने पनि प्रहरीले शंका गरेको छ । तर यो धम्कीलाई प्रहरीले हलुका रुपमा नलिएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ