arrow

गोलमेकर मेस्सीको हयाट्रिकमा हाफ सेन्चुरी

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
messi34.jpg

काठमाडौं । गोलमेकर अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सीले करियरको ५०औँ ह्याट्रिक पूरा गरेका छन् ।

स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले लिगको शनिबार रातिको खेलमा सेभियालाई पराजित गर्ने क्रममा ह्याट्रिकमा हाफ सेन्चुरी लगाएका हुन् । 

Lionel Messi scored a hat-trick as Barcelona twice came from behind to beat Sevilla in La Liga

जसमा ३२ लिग ह्याट्रिक हो । यो खेलमा बार्सिलोना ४–२ ले विजयी भयो । 

मेस्सीले ह्याट्रिक गर्नुका साथै एक गोलका लागि सहयोग गरेका थिए । सेभियाले घरेलु मैदानमा पहिलो हाफमा २–१ ले अग्रता बनाए पनि दोस्रो हाफमा बार्सिलोना चम्कियो । 

Messi celebrates after scoring his second goal of the game to pull Barcelona level against Sevilla

सेभियाले २२औँ मिनेटमा जेसस नाभासको गोलबाट अग्रता लिएको थियो ।

Jesus Navas celebrates after his goal put Sevilla in the ascendancy during their clash with Barcelona

त्यसको चार मिनेटपछि नै मेस्सीले बराबरी गोल पर्काए ।

The Barcelona players were quick to congratulate Messi following his 31st goal of the season

४२औँ मिनेटमा गाब्रीएल मर्काडोले गोल गर्दै सेभियालाई अग्रता दिलाए ।

Mercado's goal in the 42nd of the game saw Sevilla regain the lead against Barcelona in an intriguing clash 

मेस्सीले ६७ औँ मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । 

Messi, who produced another incredible display, completed his hat-trick to make it 3-2 to Barcelona against Sevilla

मेस्सीले ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै करियरको ५०औँ ह्याट्रिक पूरा गरेका थिए । 

Messi attempts to push forwards for Barcelona while under pressure from Sevilla's Sergi Gomez

इन्जुरी समयमा मेस्सीकै पासमा लुइस सुवारेजले गोल गर्दै टिमलाई ४–२ ले विजयी गराए । 

Luis Suarez managed to score in the closing stages as he made certain of Barcelona's victory against Sevilla

सेभिया विरुद्धको जितपछि बार्सिलोनाले ला लिगाको अंकतालिकामा दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि १० अंकको अग्रता बनाएको छ।

After an intense encounter, Barcelona boss Ernesto Valverde will be delighted that his team managed to secure the victory

बार्सिलोनाको २५ खेलबाट ५७ अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिकोको ४७ अंक छ।

शनिबार रातिका अन्य खेलहरुमा गेटाफेले भाएकानोलाई २–१ ले हरायो । डेपोर्टिभो र सेल्टाभिगोले गोलरहित बराबरी खेले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ