arrow

कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोड्यो भेनेजुएलाले, हिँसा बढ्दो

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
venezeula.jpg

काठमाडौं । भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ । सीमा क्षेत्रमा हिंसा फैलाउन मद्धत गरेको आरोप लगाउँदै भेनेजुएलाले कोलम्बियासँगको सम्बन्ध तोडेको जनाएको छ ।

यो निर्णयले भेनेजुएलामा हिंसा झनै बढेको छ । भेनेजुएला सरकारले सीमावर्ती नाका बन्द गरेपछि विपक्षी कार्यकर्ताहरुले प्रदर्शन चर्काएका छन् । 

हजारौं विपक्षी कार्यकर्ता मैदानमा रहेका छन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तसमेत भएको छ । 

प्रदर्शनकारीलाई साथ दिँदै केही सुरक्षाकर्मीले चौकीसमेत छाडेका छन् । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले कोलम्बियासँगको सीमा नाकासमेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । 

कोलम्बियामा प्रवेश गर्न खोज्ने हजारौं भेनेजुएलालीलाई रोक्ने र वैदेशिक राहत सामग्री भित्रन नदिने प्रयासस्वरुप ती नाका बन्द गरिएको जनाइएको छ ।

तर प्रतिपक्षीका नेताहरुले भने सामग्रीको पहिलो राहत भेनेजुएला पुगिसकेको दावी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ