arrow

किम–ट्रम्प भेटवार्ताः रेलमा सरर हुँदै लागे किम भियतनाम 

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
kim5.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको दोस्रो औपचारिक भेटवार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ–उन भियतनाम गएका छन् ।

किमले रेलमै २७०० किलोमिटरको यात्रा तय गर्नेछन् । 

उनी शनिबार नै रेल चढेर भियतनामतिर लागेका थिए । भियतनाममा यही फेब्रुअरी २७ र २८ मा किम–ट्रम्पबीच औपचारिक भेटवार्ता हुँदैछ । 

यसअघि गत वर्ष जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक भेटवार्ता भएको थियो । 

Kim Jong-un inspecting vegetables in Pyongyang (2017)

भियतनाम हिँडेका किमसंग उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेको बीबीसीले जनाएको छ । बुधबार र बिहीबार हुने वार्ताको चासो विश्वलाई नै रहेको छ । 

यसपटकको वार्तामा पहिलो वार्ताका सहमतिहरु कार्यान्वयन गर्ने विषयमा जोड दिइने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ