arrow

सुदूरपश्चिम प्रदेशबाट के डब्लु एफ नेपाल उदायो 

logo
शैलेन्द्र रोकाया,   
प्रकाशित २०७५ फागुन १२ आइतबार
ful_kantact_karete.jpg

 बझाङ । सुदूरपश्चिम प्रदेश स्तरिय आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा बझाङले सात स्वर्ण पदक जितेर पहिलो भएको छ । शुक्रबार धनगढीमा आयोजना भएको सुदूरपश्चिम प्रदेशको छनौट प्रतियोगितामा जम्मा दश वटा स्वर्ण पदकहरु मध्ये बझाङले सात वटा स्वर्ण पदक जित हासिल गरि प्रदेश मै पहिलो भएको हो ।  
८ औं  राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागी प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्ने क्रममा सुदुर पश्चिम प्रदेशका फुल कन्ट्याक्ट् कराते तर्फ ४ वटाका जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । 

धनगढी रंगशालामा संचालन भएको छनौट प्रतियोगितामा बझाङका ४५ केजी तौल समुहमा चन्द्र अधिकारी ५० केजी तौल समुहमा,  प्रकाश सिंह ,  ५५ केजी तौल समुहमा सुनिल कुंबर, महिला तर्फ ४५ केजी तौल समुहमा गिता अधिकारी, ५० केजी तौल समुहमा अनु बिष्ट , ५५ केजी तौल समुहमा गरिमा बोहरा र खुल्ला तौल समुहमा मनिसा भाट गरि सात जनाले स्वणृ पदक जितेर आठौ राष्ट्रिय प्रतियोगिताका लागी छानौट भएका छन् । 

त्यसै गरि पुरुषको ६० केजी तौल समुहमा दार्चुलाका रुपक सिंह धामी , ६५ केजी तौल समुहमा कैलालीका ईश्वर सुबेदी र खुल्ला तौल समुहमा कैलाली कै दिपेन्द्र बटालाले स्वर्ण पदक हाल पारेर छनौट भएको नेपाल क्योकुसिन संघ ( के डब्लु एफ नेपाल ) का केन्दिय अध्यक्ष पुष्पलाल रोकाया (ज्वाला गुरु) ले जानकारी दिए । उनले भने के डब्लु एफ नेपाल ) ले छोटो समयमै महत्वपूर्ण उपलब्धी हासिल गरेको छ  ।  

सुदुरपश्चिम प्रदेशको छनौटमा के डब्लु एफ नेपाल, क्योकुसिन बज्र, र क्योकुसिन बुदोकाई गरि तिन वटा संघका ४० जना खेलाडी दश वटा  तौल समुहको स्वर्णका लागी प्रतिस्पर्धा भएको थियो । जसमा के डब्लु एफ नेपाल का ९ जना खेलाडीले स्वर्ण पदक जित हासिल गरे भने क्योकुसिन बज्रले पुरुष खुल्ला तौल समुहमा एक स्वार्ण जितेर राष्ट्रिय खेलका लागि छनौट भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ