arrow

नेरी थापाको उत्कृष्ट प्रदर्शनले नेपाल बिजयी

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
Nepali_Women_Cricket_Team.jpg

काठमाडौं । आईसीसी महिला विश्वकप एशिया छनौट टि-२० क्रिकेट खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ। यो नेपालको तेस्रो जीत हो। थाईल्याण्डसँग पराजित नेपालले मलेसिया र युएईलाई पराजित गरेको छ।

हङकङलाई पराजित गर्ने क्रममा नेपालकी नेरी थापाले ४ ओभरमा ८ रन खर्चिंदै ६ विकेट लिएकी थिईन्। प्लेयर अफ दि म्याच घोषित भएकी थापाको उत्कृष्ट बलिङ प्रदर्शनले हङकङ ६२ रनमा समेटिएको थियो।

टस जितेर पहिले ब्याटीङ गरेको हङकङले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ६२ रन बनाएको थियो। नेपालका लागि उपकप्तान सिता राना मगरले २ विकेट लिएकी थिईन्।

हङकङका लागि ल्यामपल्होले १९ र वाई दसवानीले १६ रन बनाएका थिए। उसका अरु ब्याट्सवुमनहरु खासै चल्न सकेका थिएनन्।

जवाफमा ब्याटीङ गर्न ओर्लेको नेपालले ६३ रनको लक्ष्य १८.३ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गरेको थियो। नेपालका लागि अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन् । उनले ३५ बलको समाना गर्दा ३ चौका प्रहार गरेकी थिईन्। सरीता मगरले ३० बलमा अविजित १६ रन बनाइन् ।

नेपालले अर्को खेल कुवेतसँग खेल्नेछ । राउन्ड रोविनका आधारमा हुने छनौटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनौट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ