arrow

चीनमा खानी दुर्घटनामा २१ जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन १२ आइतबार
china-flag.png

होहोट। चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ। अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन्।

जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। चीनका कोइला समेतका अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ। चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ