arrow

भक्तपुरका साठी प्रतिशत पसल बिनादर्ता सञ्चालन

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
bhaktapur1.jpg

भक्तपुर ।  भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता भएको र १३ वटा पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा फर्निचर, टेलर्स, खाद्यान्न, किराना, सैलुन, जुत्ता, सिरक, डस्ना, खाजा पसलदेखि सुसोभ एजुकेसन इन्टरप्राइजेजसमेत दर्ता नभई सञ्चालनमा रहेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

किरण किरान स्टोरमा रहेको म्याद गुज्रेका जुस, कुकिज, इलैची, केक, ग्लुकोज नष्ट गरेको छ । त्यस्तै एमएस किराना स्टोरको म्याद गुज्रेको मिरिण्डा, सेभेन अप, स्प्राइट, ड्यू नष्ट गरिएको छ । दर्ता नभएका पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ