arrow

मोदी महानताः कुम्भमेला सफाइकर्मीको धोए खुट्टा

प्रधानमन्त्रीका रुपमा अहिलेसम्म पाएका उपहार बेचेर आएको रकम गंगा सेवामा

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
modi8.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महानता प्रस्तुत गरेका छन् । उनले आइतबार उत्तरप्रदेशको प्रयागराजमा चलिरहेको कुम्भमा डुबुल्की लगाइ गंगा पूजा गरेका छन् । 

सोही क्रममा कुम्भको सरसफाइ देखेर नतमस्तक भएका मोदीले सफाइकर्मीको खुट्टा धोएर आभार व्यक्त गरेका छन् । 

मोदीले जनसभालाई सम्बोधन गर्दै पछिल्लो ४–५ वर्षमा प्रधानमन्त्रीका रुपमा आफूलाई प्राप्त भएको उपहारको लिलामी गरेर जम्मा भएको रकमको उपयोग गंगाको सेवामा लगाउने बताए । 

news

उनले सोही क्रममा आगामी २ अक्टुबरसम्म देश खुल्ला दिशामुक्त घोषित हुने दावी गरेका छन् । उनले प्रयागराजको स्वच्छगिरी पुरै देशका लागि प्रेरणा हुने पनि बताए । 

मोदील यसअघि गोरखपुरमा प्रधानमन्त्री किसान सम्मान निधि योजनाको सुरुवात पनि गरेका थिए । 

यो योजना मार्फत किसानको बैंक खातामा दुई हजार भारतीय रुपैयाँ ट्रान्सफर हुनेछ । 

मोदीले गोरखपुरमै १० हजार करोडको योजनाको लोकार्पण तथा शिलान्यास पनि गरे । 

मोदीले पहिलेको सरकारले कुरा बढी गरेको तर काम नगरेको बताउँदै आफूले किसानको हकमा काम गरिरहेको दावी गरे । 

उनले विपक्षीले चुनावका समयमा मात्र किसानको याद गर्ने गरेको आरोप पनि मोदीले लगाए । उनले भने, ‘काँग्रेस, सपा, बसपा लगायतका सबै महामिलावटी मानिसहरुका लागि किसान १० वर्षमा एक पटक चुनावका बेलामा याद आउँछन् ।’

मोदीले आफूले चुनावी वाचा पूरा गर्नका लागि मात्र योजना सुरु नगरेको पनि सुनाए । 

आसन्न चुनावका लागि भारतमा सत्ताधारी र प्रतिपक्षीहरुबीच आरोप प्रत्यारोप चल्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ