-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । घरेलु मैदानमा टी–२० क्रिकेटमा भारतले सात खेलपछि हारको सामना गर्नुपरेको छ । सन् २०१७ मा भारत न्युजिल्याण्डसंग पराजित भएको थियो ।
त्यसपछि आइतबार राति भारत अष्ट्रेलियासंग पहिलो टी–२० मा ३ विकेटले हार्यो ।
विशाखापट्नममा भएको खेलमा अष्ट्रेलियाले १२७ रनको लक्ष्य अन्तिम बलमा तीन रन हानेर ७ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।
![]()
ग्लेन म्याक्सवेलले ४३ बलमा ५६ रन बनाए भने ओपनर डी’आर्ची सर्टले ३७ रन बनाए ।
![]()
जसप्रित बुमराहले ३ विकेट लिए ।
![]()
यसअघि पहिले ब्याटिङ गरेको भारतले ७ विकेटकै नोक्सानीमा १२६ रन बनाएको थियो ।
![]()
लोकेश राहुलले ३६ बलमा ५० तथा महेन्द्र सिंह धोनीले ३७ बलमा २९ रन बनाएका थिए ।
![]()
म्यान अफ दि म्याच बनेका नाथन कोल्टर नाइलले २६ रन खर्चेर ३ विकेट लिएका थिए ।
अष्ट्रेलियाले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको हो । दोस्रो खेल बुधबार बैंगलुरुमा हुनेछ ।
भारतको संयोग
अन्तिम बलमा चौथो पटक भारत पराजित भएको छ । सन् २००९ मा न्युजिल्याण्डसंग अन्तिम बलमा भारत हारेको थियो ।
२०१० मा श्रीलंकाले तथा सन् २०१४ मा इंगल्याण्डले भारतलाई अन्तिम बलमा हराएको थियो ।