arrow

वर्षमान पुनले दिए आफूले पढेको विद्यालयलाई पाँच लाख 

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
barshaman-pun-news-pokhara.jpeg

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गरेका छन् । 

रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको रु एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका हुन् । विसं २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनले बताए ।

छात्रवृत्तिले गरीब, जेहेन्दार द्वन्द्वपीडित र अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने मन्त्री पुनले विश्वास व्यक्त गरे । जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले विद्यालयलाई देशकै नमूना बनाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षाका लागि अझै पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको औंल्याउँदै मन्त्री पुनले जिल्लाभित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ