arrow

भारतको कडाइपछि पाकिस्तान नरम, यसो भने इमरान खानले

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
imran-khan-PM.jpg

काठमाडौं । जम्मू कश्मीरको पुलवामामा आतंककारीको हमलामा ४६ भारतीय सुरक्षाकर्मी मारिएपछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै मत्थर भएको छैन । 

भारतीयहरु पाकिस्तानमाथिका सबै सहयोग र सम्बन्ध तोड्न चाहिरहेका बेलामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान केही नरम देखिएका छन् । 

उनले भारतीय प्रधानमन्त्रीलाई अपील गर्दै शान्तिका लागि एक मौका दिन आग्रह गरेका छन् । 

मोदीले यसपटक हिसाब बराबर हुन्छ भनेको अर्को दिन खानको यस्तो आग्रह आएको हो । 

मोदीले राजस्थानमा बोल्दै पुलवामा हमलाका दोषीलाई भारतले छोड्ने छैन भनेका थिए । 

उनले नयाँ भारतको नीतिअनुसार दुःख नसहने रहेको खुलाउँदै यसपटक हिसाब बराबर गरेर देखाउने बताएका थिए । 

मोदीले आतंकवादलाई कसरी कुल्चनु पर्छ भनेर जानकारी रहेको समेत बताएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ