arrow

के प्रियंकाका पति बाड्रा पनि चुनाव लड्दैछन् ?

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
Robert_badra.JPG

नयाँ दिल्ली। भारतमा लोकसभाको चुनावी माहोल चुलिएको छ । अहिले विशेषगरी सत्तापक्ष भारतीय जनतापार्टी र प्रमुख प्रतिपक्षी काँग्रेसको चुनावी अभियानलाई गम्भीरताका साथ हेरिएको छ र भारतीय चुनाव पनि यसैको चर्चामा छ । 

काँग्रेसको राजनीतिमा राहुल गान्धी पार्टी अध्यक्ष बन्दा जति चर्चा थियो । त्यो भन्दा राहुल गान्धीकी दिदी प्रियंका गान्धीको राजनीतिमा ईन्ट्रि भएपछि राहुल भन्दा प्रियंकको चर्चा धेरै हुन थाल्यो । अहिले यूपीमा काँग्रेसको गुमेको शाखलाई प्रियंकाले फिर्ता गर्नसक्ने चर्चा समेत चल्ने गरेको छ । 

यसैबीच अर्काे चर्चाको विषय काँग्रेस पार्टीको यूपीकी महासचिव समेत रहेकी प्रियंका गान्धीका पति रोबर्ट बाड्राको समेत चुनावी अभियानको विषयमा चर्चा सुरु भएको छ । उनले आईतबार एउटा लामो फेसबुक स्टाटस मार्फत् आफू पनि राजनीतिमा प्रवेश गर्नसक्ने संकेत दिएका छन्। 

उनी विरुद्ध अहिले सम्पत्ति शुद्धीकरणको मामलामा छानविन भईरहेको छ । यस विषयमा उनले यो छानविन सकिएपछि राजनीतिमा प्रवेश गर्नसक्ने संकेत दिएका छन् । यद्यपि उनको यो शंकालाई तत्कालको लागि त उनी आफैंले इन्कार गरिदिएका छन् । यद्यपि यो छानविन सकिएपछि भने बाहिर चर्चामा आएजस्तो उनी राजनीतिमा प्रवेश गर्ने कुरा राजनीतिक घटनाक्रमले देखाएको छ । 

उनले राजनीतिमा आउने संकेत गरेसँगै उनलाई मुरादावाद काँग्रेसले हार्दिक स्वागत भन्दै चोक चोकमा पोस्टर र होडिङ बोर्ड समेत राख्न थालिसकेका छन् । यसले पनि उनी राजनीतिमा प्रवेश गर्ने र मुरावादाबाटै चुनाव लड्ने सम्भावना रहेको बताईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ