arrow

ओस्कारमा विवाद : ३० बर्षपछि प्रस्तोता विना सम्पन्न भयो कार्यक्रम

'ग्रीन बुक' सर्वोत्कृष्ट चलचित्र

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
green_book_onstage_oscars.jpg

काठमाडौं । ९१ औँ एकेडमी अवार्ड 'ओस्कार'  विना प्रस्तोता सम्पन्न भएको छ ।  ३० बर्षपछि कार्यक्रम बिना कुनै प्रस्तोता सम्पन्न भएको हो । यस वर्ष ओस्कार अवार्ड कमेडियन केविन हार्ट होस्ट गर्न वाला थिए । तर समलिङीको बिरुद्ध उनको ट्वीटले सृजना गरेको विवादको कारण आयोजनसँग उनले कार्यक्रमको प्रस्तोता बन्न अस्विकार गरे । अघिल्लो दुई बर्षदेखि कार्यक्रमको जिम्मी किमेलले होस्ट गरेका थिए ।

'ओस्कार'  २०१९ मा यस वर्ष 'ग्रीन बुक' सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । यस पटकको बेस्ट फिल्म ग्रीन बुक डायरेक्टर पीटर फेरेलीको एक पीरियड चलचित्र हो । चलचित्र डा. डन शिरले नामका एक वर्ल्ड क्लास अफ्रीकन अमेरिकन पियानोवादक र उनका ड्राइभर टोनी लिपको सम्बन्धमा आधारित छ।  चलचित्रको रोमा, द फेवरिट, ब्ल्याक प्यानथर, अ स्टार इज बर्न र बोहेमियन रेपसोडीसँग प्रतिस्पर्धा भएको थियो ।

अवार्ड कुल २४ बिधामा दिइएको छ । मेक्सिकन फिल्म रोमाले तीन र फ्रेडी मरक्युरीको जीवनमा आधारित बोहेमियन रेपसोडीले सबैभन्दा ज्यादा चार बिधामा ओस्कार पाए ।

ओस्कार विजेता फिल्म पीरियड-एण्ड अफ सेन्टेन्स भारतको पृष्ठभूमिमा बनेको हो । यसलाई रयाक्ता जहताबची र मेलिसा बर्टनले निर्देशित गरेका छन् ।   चलचित्र दिल्ली नजिक हापुडमा रहने महिलाहरुको कथामा आधारित छ । जसले मासिक धर्मसँग जोडिएको रूढीवादी परम्पराबिरुद्ध आवाज उठाएको छ । चलचित्रको ब्लेक शीप, एण्ड गेम, लाइफबोट र अ नाइट एट द गार्डन सँग प्रतिस्पर्धा भएको थियो ।

भारतीय प्रोड्यूसर गुनीत मोगाको चलचित्र 'पीरियड-एण्ड अफ सन्टेन्स' ले 'बेस्ट डक्युमेन्ट्रि सर्ट सब्जेक्ट' बिधामा ओस्कार पाएको छ । गुनीतले मसान र ग्याङ अफ वासेपुर जस्ता चलचित्र बनाएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ