arrow

भारतीय सेना प्रमुख–रक्षामन्त्री वार्ता, एक्सनमा उत्रिने मिति तय गर्ने तयारी

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
Bipin_Nirmala.jpg

नयाँ दिल्ली । भारतीय सेनाका प्रमुख र भारतीय रक्षा मन्त्रीबीच भेटवार्ता सुरु भएको छ । पुलवामा घटनाको विरुद्ध एक्सनमा जान देशभर चलिरहेको मागकाबीच भारतीय रक्षा मन्त्री निर्मला सीतारमण सेना प्रमुख विपिन रावतबीच भेटवार्ता सुरु भएको हो । पुलवामा भएको आतंककारी हमलाको ११ दिन पछि यस विषयमा सैनिक र रक्षा मन्त्रीबीच औपचारिक भेट भएका हुन् । 

यो बैठक दुई दिनसम्म चल्ने आजतकले जनाएको छ । बैठकमा आतंकवादको मोर्चामा पाकिस्तान विरुद्ध कसरी उत्रिने भन्ने विषयमा चर्चा हुने सम्भावना रहेको बताईएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाको विरुद्ध ठूलो कारबाहीको संकेत दिएका छन् । यस अघि नै प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारीको विरुद्ध  जवाफी कारबाहीको चेतावनी समेत दिएका छन‍् । 

यो बैठकमा केवल पाकिस्तानसँगको समस्या मात्रै नभएर चीनसँगको सम्बन्धको विषयमा समेत छलफल हुने बताईएको छ । स्रोतका अनुसार यही बैठकले नै पुलवामाको आक्रमण विरुद्ध कहिले एक्सनमा उत्रिने ? यस विषयमा समेत समय निर्धारण गरिने सम्भावना रहेको बताईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ