arrow

पाँचथर पावरको आइपिओ बिक्री शुरु

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
IPO_SHare.jpg

काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।

कूल निष्कासनमध्ये ३५ हजार पाँच कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । कम्पनीले पाँचथरमा १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कूल लागत रु दुई अर्ब ६१ करोड ४७ लाख रहेको कम्पनीका सञ्चालक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए।

केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्दै ग्रेड चार दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ