arrow

महिला केन्द्रीय सदस्यमा कसले पाए कति मत ?

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
cong-new.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत खुला र समावेशीतर्फको केन्द्रीय सदस्यको मत गणना जारी छ। महिलाको १३ सय मतगणना भएको छ। प्राप्त मतगणना अनुसार पुरानै अनुहार यो पटक पनि हावी हुने देखिएको छ। 
 
१३ सय मत गन्दा डा. डिला संग्रौला ६ सय ४३ मत सहित अग्रस्थानमा रहेकि छन् । उनलाई पछ्याउदै पुष्पा भुसाल ५ सय ४८ मत, कमला पन्त ४ सय ५९ मत, अम्विका बस्नेत ४ सय १० मत, इश्वरी न्यौपाने ४ सय १० मत , सरिता प्रसाई ४ सय १ मत रहेको छ। महिलाको ६ सीटमा ३८ जना उमेद्वार रहेका छन्। जनजातीतर्फका केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ। 
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा शनिवार विहानवाट महिला, मधेशी, आदिवासी जनजाति र दलिततर्फका २१ वटा आरक्षित सीटका केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । महिलाको ६ सीटमा ३८, आदिवासी जनजातिको ३ सीटमा ४०, आदिवासी जनजाति महिलाकोतर्फ २ सीटमा १२, दलिततर्फ ३ सीटमा २०, दलित महिलाको २ सीटमा ५, मधेशीतर्फ ३ सीटमा १५ र मधेशी महिलाको २ सीटमा ९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।  सात प्रदेशको १४ जनाका लागि ६७ जना प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ